ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा पेट्रोलियम पदार्थको अभाव


एबीसी न्यूज
श्रावण १, २०७६ बुधबार   ४ : ४९   बजे

दाङ, १ साउन । दाङ उपत्यकामा असार २६ गतेदेखी पेट्रोलियम पदार्थको चरम अभाव छ ।

ट्याङकर चालकहरुको आन्दोलनका कारण दाङ उपत्यकमा पेट्रोलयम पदार्थको चरम अभाव भएको । नेपाल आयल निगम डिपो तुलसीपुरले जनाएको छ । तर दाङको देउखुरी क्षेत्रमा भने समस्या नभएको निगमले जनाएको छ । पेट्रोलियम ढुवान िब्यवसायी संघहरुले गत असार २६ गतेदेखी तापक्रमको कारणले हर्ताल गर्दा दाङका उत्यकामा तेलको अभाव भएको तुलसीपुर डिपो प्रमुख सुदिप पोख्रेलले बताउनुभयो । दाङका लागी भारतको गोण्डावाट पेट्रोलियम पदार्थ ढुवानी गरी ल्याउदा त्यहाँका र यहाँको तापक्रमका कारण पेट्रोलियम पदार्थ घट्ने उहाँले बताउनुभयो ।

विशेष गरी बर्षायाममा बढि हुने भएकाले कुनै कुनै गाडिमा ३ देखी १२ डिग्री सम्म तापक्रम घट्ने पाएको उहाँले बताउनुभयो । ४१ डिग्री सेल्सीयसबाट २२/२६ डिग्री सिल्सीयस तापक्रम भएको स्थानमा ल्याउदा पेट्रोलियम पदार्थको मात्रा घट्ने र अन्य डिपोहरुमा तापक्रमको ब्यवस्था भएता पनि दाङ डिपोवाट उक्त ब्यवस्था नहुदाँ ब्यवसायीहरुले त्यसको माग गर्दै आन्दोलन गरेको उहाँले बताउनुभयो । १ डिग्री सेल्सीयस तापक्रममा घट्दा १५ लिटर डिजल र पेट्रोलमा २१ लिटर सम्म मात्रा घट्ने गरेको प्रमुख पोख्रेलले बताउनुभयो ।

त्यसैगरी उपभोक्ताहरुको मागलाई मध्यनजर गरी हाललाई आयल नियमको एउटा ट्याङकरबाट ९ हजार लिटर डिजल,९ हजार लिटर पेट्रोल र मट्टी तेल दाङ उपत्यकमा दैनिक रुपमा ढुवानी भई रहेको समेत उहाँले बताउनुभयो । तुलसीपुर डिपो कार्यालयबाट दाङ उपत्यकाका २९ वटा पेट्रोल पम्प, सल्यानको थारमारे, रोल्पाको होलेरी, रुकुममा १/१ वटा गरी ३२ र मट्टितेलका ३ गरी ३५ वटा पेट्रोल पम्पमा वितरण गर्दै आएको छ । त्यसका लागी १ लाख २० हजार लिटर डिजल र ३२ हजार लिटर पेट्रोल दैनिक रुपमा खपत हुने गरेको उहाँले बताउनुभयो ।

यता ढुवानी ब्यवसायीहरुले भने विज्ञप्ती निकालेर आफुहरुको मागको सम्बोधन नभए ढुवानी नगर्ने जनाएका छन । उनीहरुले दाङ डिपोमा तापक्रम ब्यवस्थाको माग गरेका छन । पटक पटक निगमले माग सम्बोधन गर्ने भन्दै आश्वसन दिदै आएको भन्दै ब्यवसायीहरुले दाङ डिपोमा तापक्रमको ब्यवस्था नहुदाँ सम्म ढुवानी नगर्ने मध्य पश्चिमाअञ्चल पेट्रोलियम ढुवानी ब्यवसायीले विज्ञप्ती जारी गरी यस्तो जनाएको छ । तापक्रमका कारण घटेको पेट्रोलियम पदार्थको मूल्य ब्यवसायी स्वयम पुर्ति गर्नुपर्ने भएकाले यसरी ढुवानी गर्न नसकिने उनीहरुले अडान लिएका छन् ।

यता उपभोक्ताहरुले भने पेट्रोलियम पदार्थको नपाउँदा सास्ती भोग्नु परेको छ । तुलसीपुरमा अटो चलाउदै आउनु भएका अटो चालक टिका प्रसाद खत्रीले तेल नपाउदाँ दैनिक २/३ हजार घाटा भएको बताउनुभयो । एक हप्ता भयो तेल पाएको छैन, हिजो मंगलवार बेलुवा ३ हजार लिटर पेट्रोल आएको थाहा पाएपछि घन्टौ सम्म लाईन बस्दा पनि तेल नपाएका उहाँले गुनासो गर्नुभयो । त्यस्तै अर्का अटो चालक राम बहादुर बिकले पनि केहि दिन अगाडी गाउँमा ब्ल्याकमा प्रति लिटर १५० ले तेल हालेर केही दिन चलाएको बताउदै अहिले तेल अभाबले दैनिक घाटा ब्यहोर्नु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group