ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा पेट्रोलियम पदार्थको अभाव


एबीसी न्यूज

दाङ, १ साउन । दाङ उपत्यकामा असार २६ गतेदेखी पेट्रोलियम पदार्थको चरम अभाव छ ।

ट्याङकर चालकहरुको आन्दोलनका कारण दाङ उपत्यकमा पेट्रोलयम पदार्थको चरम अभाव भएको । नेपाल आयल निगम डिपो तुलसीपुरले जनाएको छ । तर दाङको देउखुरी क्षेत्रमा भने समस्या नभएको निगमले जनाएको छ । पेट्रोलियम ढुवान िब्यवसायी संघहरुले गत असार २६ गतेदेखी तापक्रमको कारणले हर्ताल गर्दा दाङका उत्यकामा तेलको अभाव भएको तुलसीपुर डिपो प्रमुख सुदिप पोख्रेलले बताउनुभयो । दाङका लागी भारतको गोण्डावाट पेट्रोलियम पदार्थ ढुवानी गरी ल्याउदा त्यहाँका र यहाँको तापक्रमका कारण पेट्रोलियम पदार्थ घट्ने उहाँले बताउनुभयो ।

विशेष गरी बर्षायाममा बढि हुने भएकाले कुनै कुनै गाडिमा ३ देखी १२ डिग्री सम्म तापक्रम घट्ने पाएको उहाँले बताउनुभयो । ४१ डिग्री सेल्सीयसबाट २२/२६ डिग्री सिल्सीयस तापक्रम भएको स्थानमा ल्याउदा पेट्रोलियम पदार्थको मात्रा घट्ने र अन्य डिपोहरुमा तापक्रमको ब्यवस्था भएता पनि दाङ डिपोवाट उक्त ब्यवस्था नहुदाँ ब्यवसायीहरुले त्यसको माग गर्दै आन्दोलन गरेको उहाँले बताउनुभयो । १ डिग्री सेल्सीयस तापक्रममा घट्दा १५ लिटर डिजल र पेट्रोलमा २१ लिटर सम्म मात्रा घट्ने गरेको प्रमुख पोख्रेलले बताउनुभयो ।

त्यसैगरी उपभोक्ताहरुको मागलाई मध्यनजर गरी हाललाई आयल नियमको एउटा ट्याङकरबाट ९ हजार लिटर डिजल,९ हजार लिटर पेट्रोल र मट्टी तेल दाङ उपत्यकमा दैनिक रुपमा ढुवानी भई रहेको समेत उहाँले बताउनुभयो । तुलसीपुर डिपो कार्यालयबाट दाङ उपत्यकाका २९ वटा पेट्रोल पम्प, सल्यानको थारमारे, रोल्पाको होलेरी, रुकुममा १/१ वटा गरी ३२ र मट्टितेलका ३ गरी ३५ वटा पेट्रोल पम्पमा वितरण गर्दै आएको छ । त्यसका लागी १ लाख २० हजार लिटर डिजल र ३२ हजार लिटर पेट्रोल दैनिक रुपमा खपत हुने गरेको उहाँले बताउनुभयो ।

यता ढुवानी ब्यवसायीहरुले भने विज्ञप्ती निकालेर आफुहरुको मागको सम्बोधन नभए ढुवानी नगर्ने जनाएका छन । उनीहरुले दाङ डिपोमा तापक्रम ब्यवस्थाको माग गरेका छन । पटक पटक निगमले माग सम्बोधन गर्ने भन्दै आश्वसन दिदै आएको भन्दै ब्यवसायीहरुले दाङ डिपोमा तापक्रमको ब्यवस्था नहुदाँ सम्म ढुवानी नगर्ने मध्य पश्चिमाअञ्चल पेट्रोलियम ढुवानी ब्यवसायीले विज्ञप्ती जारी गरी यस्तो जनाएको छ । तापक्रमका कारण घटेको पेट्रोलियम पदार्थको मूल्य ब्यवसायी स्वयम पुर्ति गर्नुपर्ने भएकाले यसरी ढुवानी गर्न नसकिने उनीहरुले अडान लिएका छन् ।

यता उपभोक्ताहरुले भने पेट्रोलियम पदार्थको नपाउँदा सास्ती भोग्नु परेको छ । तुलसीपुरमा अटो चलाउदै आउनु भएका अटो चालक टिका प्रसाद खत्रीले तेल नपाउदाँ दैनिक २/३ हजार घाटा भएको बताउनुभयो । एक हप्ता भयो तेल पाएको छैन, हिजो मंगलवार बेलुवा ३ हजार लिटर पेट्रोल आएको थाहा पाएपछि घन्टौ सम्म लाईन बस्दा पनि तेल नपाएका उहाँले गुनासो गर्नुभयो । त्यस्तै अर्का अटो चालक राम बहादुर बिकले पनि केहि दिन अगाडी गाउँमा ब्ल्याकमा प्रति लिटर १५० ले तेल हालेर केही दिन चलाएको बताउदै अहिले तेल अभाबले दैनिक घाटा ब्यहोर्नु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com