ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट कार्यान्वयनका हिसाबले प्रदेश ५ अघि छ– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
असार ३१, २०७६ मंगलबार  ६ : ३० बजे

 

काठमाडौं,३१ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताउनुभएको छ ।

आज प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उहाँले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिनेछ भन्नुभयो । उहाँले भन्नुुभयो, “जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छाँै, बजेट कार्यान्वयनमा प्रदेश नं ५ अन्य प्रदेशको तुलनामा अगाडि छ ।”

मुख्यमन्त्री पोखरेलले राप्तीको केही क्षेत्र डुबानमा परेको र खहरे खोलाका कारण यातायातमा समेत अवरोध उत्पन्न भएको जानकारी दिँदै प्रदेशसभालाई वर्षाका कारण आउनसक्ने सम्भावित खतरालाई ध्यान दिएर पूर्वतयारी र सर्तकता अपनाउन आवश्यक भएको बताउनुभयो ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सो प्रस्तावमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खेलकूदको विषय अपुरो रहेको टिपणी गर्नुभयो । प्रदेशसभाका सदस्यद्वय दिनेश पन्थी र सरस्वती गौतमले कानूनमार्फत राम्रो काम गरेकालाई सम्मान गर्न खोजिएको बताउनुभयो ।

प्रदेशसभाका सदस्यले उठाएको प्रश्नकोे जवाफ दिँदै मन्त्री केसीले योगदानमा आधारित भएर राम्रो कामकोे सम्मान गर्ने परिपाटीको विकास गर्न खोजिएकोे उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com