ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तकोशीमा पानीको बहाव उच्च, वर्षाले सप्तरीको जनजिवन प्रभावित


एबीसी न्यूज
असार २७, २०७६ शुक्रबार  ६ : २२ बजे

 

सप्तरी , २७ असार । लगातारको वर्षाले सप्तरी जिल्लाको अधिकांश क्षेत्र जलमग्न सँगै जनजिवन प्रभावित बनेको छ ।

गत शनिबारदेखि मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहदा सप्तरी समेत प्रभावित भएको हो । दुई दिनदेखीको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसंगै सर्वसाधारणलाई सचेत बनाउन रातो बत्ति बालिएको छ । पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोकामध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ । आज सांझ ६ बजेसम्म सप्तकोशी नदीमा पानीको वहाव १ लाख ७२ हजार ६ सय २५ क्वीसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो झण्डा र रातो बत्ति बाल्ने गरिन्छ ।

पानीको बहाव बढ्दै गएपछि स्थानिय प्रशासनले नदी किनार आसपासका स्थानियहरुलाई सतर्क रहन आग्रह गरेको छ । निरन्तरको वर्षालाई मध्ये नजर गर्दै स्थानिय प्रशासन राहत र उद्दारका लागि तैयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

यसैबीच वर्षाले जिल्ला प्रहरी कार्यालय सप्तरी, राजबिराजको गजेन्द्र चौक, हटिया, मालपोत कार्यालय जलमग्न भएको छ भने राजबिराज नगरपालिका, बालमन्दिर, अदालत लाईन, राजदेबी मन्दिर, भगवती मन्दिर, थानगाछी, तेतरी गाछी, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणत भएको छ । पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com