ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुह्यो नेपालगन्जमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सपना


sharan sharan

नेपालगन्ज ,२६ असार  । मन्त्री परिषदले नेपालगञ्ज उद्योग बाणिज्य संघलाई १२ वर्ष अघि भोगाधिकारका लागि उपलब्ध गराएको १० विघा जग्गाको सम्झौता रद्द गरेको छ । जग्गा प्राप्त गरेको १२ वर्ष सम्म पनि सम्झौताको उद्देश्य अनुरुप काम नभएपछि भोगाधिकारका लागि संघलाई उपलब्ध गराएको जग्गा पुनः नेपाल सरकार, सडक डिभिजन, नेपालगञ्जको नाममा कायम गर्ने निर्णय गरेको हो ।
१२ वर्ष अघि २०६४ भाद्र महिनामा संघका तत्कालीन अध्यक्ष दामोदर आचार्यले नेपालगन्ज्मा सुबिधा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी स्थल बनाउने उद्देश्यका साथ सरकार संग भोगाधिकारको सम्झौता गरेका थिए । सोहि जग्गामा संघले ३ वटा ब्यापार मेला प्रदर्शनीस्थल बनाउने भन्दै सम्पन्न गरिसकेको छ । बिहिवार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सम्झौता अनुसार संघले सरकारलाई जग्गा उपभोग गरेबापत न्युनतम भाडा समेत तोकोको थियो तर १२ वर्ष सम्म संघले सरकारलाई भाडा बुझाएको थिएन । भाडा बापत सरकारलाई तिर्नुपर्ने तीनलाख २५ हजार रुपिया भाडा नतिरेपछि सम्झौता खारेज भएको बताईएको छ । अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनीस्थल निर्माणका लागि संघले एकदशकअघि जग्गा पाएपछि हालसम्म कुनै निर्माण सुरु गर्न सकेको छैन् । मन्त्रीपरिषदको निर्णयका सम्बन्धमा संघले यो समाचार तयार पार्दा सम्म कुनै प्रतिक्रीया सार्वजानीक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com