ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री कप फूटवलको फाइनल धरानमा


एबीसी न्यूज

 

काठमाडौँ, २५ असार । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता– २०७६ को फाइनल खेलका विजयी टोलीलाई प्रदान गरिने चार केजी चाँदीको ट्रफी आज यहाँ सार्वजनिक गरिएको छ ।

सुनसरीको धरानमा यही असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईले आज यहाँ पत्रकार सम्मेलन गरी वर्षातले विराटनगरको शहीद रङ्गशाला डुवान भएका कारण खेलस्थल धरानमा सार्नु परेको जानकारी दिनुभयो ।

लिग कम नकआउट अन्तर्गत हुने हुने खेलमा ‘क’ समूहमा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति, धनकुटा, बेलवारी फुटबल क्लब मोरङ छन् भने ‘ख’ समूहमा सैनिक युथ क्लब, झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्स क्लब इलाम रहेका छन् । फाइनल खेल असार ३१ गते हुनेछ ।

सञ्चार संयोजक रोहित कोइरालाले मोफसलको क्लबलाई व्यावसायिक बनाउन र खेलाडीले खेलेर जीवनयापन गर्न रोजगारी प्राप्त होस् भन्ने उद्देश्यले प्रतियोगिताकोे आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा पुरस्कारतर्फ रु २० लाख रकम छुट्याइएको छ । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ३३ लाख खर्च हुने अनुमान छ ।

खेलको आयोजनाका लागि प्रदेश नं १ सरकारले रु एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट रु ३३ लाख प्रदान गरिएको छ । खेलको पहिलो चरण अन्तर्गत लिगमा प्रदेशका १४ जिल्लाको फुटबल टोलीबीच प्रतिस्पर्धा भई छ टोली फाइनल प्रतियोगितामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com