ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट नेता कार्यकर्ताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरुको होड (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २१  असार  ।  विसं २०७४ असोज १७ गते तत्कालीन एमाले र माओवादीबीच चुनावी मोर्चाको विषयमा घोषणा भयो । चुनावी मोर्चामा सहकार्य शुभारम्भ भएको एमाले माओवादी अन्ततः पार्टी एकिकरणमा पुगेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो । एकिकरणपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट नेता कार्यकर्ताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरुको होड नै चलेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना करिब ७० वर्ष लामो छ । तर २००६ सालदेखि २०७६ सम्म आइपुग्दा विभिन्न राजनीतिक आरोह र अवरोहको सामाना गर्दै कम्युनिष्टहरु बीच विभाजन मात्रै देखियो । यसको अन्तर्य विचार र दृष्टिकोण भन्दा पनि व्यक्ति इगो नै प्रधान रहदै आयो । ७ दशकको विभाजन टुटफुटले आक्रान्त कम्युनिष्ट आन्दोलन संविधान जारीपछि बिस्तारै एकिकरणको लयतिर लागेको पाइन्छ ।

विश्व कम्युनिष्ट आन्दोलनको सारभूत विषय भन्दा निषेधात्मक र जडसुत्रवादी चिन्तन र प्रवृत्तिले छिन्नभिन्न भएका कम्युनिष्टहरुलाई एउटै डालोमा राख्ने सजिलो पनि थिएन र छैन पनि । तर सही कार्यनीति दृष्टिकोण र राष्ट्रिय आवस्यकताको सिद्धान्तमूलक सुत्र खोजियो । त्यो सुत्रको प्रयोग २०७५ बैशाख ९ मा परिक्षण गरियो । जसले विभाजन र टुटफूट होइन, एकिकरण, एकता र एकजुट भन्ने भावनाको विकास ग¥यो । आन्तरिक वा बाह्य दबाव प्रभावको बाबजुद पनि नेकपाको पुर्नएकिकरण भएर दक्षिण एशियाकै ठूलो पाटी बनेको छ । तितरवितर कम्युनिष्ट घटकहरु कम्युनिष्ट मुल प्रवाहमा प्रवेश गर्ने लहर नै चलेको छ ।

राष्ट्रिय राजनीतिका दुइ ठूला कम्युनिष्ट पार्र्टीहरु तत्कालीन एमाले र माओवादी मुलुकको स्थायीत्व समृद्धिको शर्तमा २०७५ बैशाख ९ गते औपचारिक रुपमा एक भएका थिए । एकता नै बल हो, एकताबाट मात्रै मुुलुक र जनताको परिवर्तनको चाहानालाई व्यवहारिकरुपमा लागु गर्न सकिन्छ ।

यो राजनीतिकशास्त्रमा सत्य पनि हो । नेतृत्वले जोखिम मोलेर केही असंगति अमिल्दा सन्दर्भहरु हुदा हुदै पनि एकिकरण भयो । पार्टी एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) देशको सबै भन्दा ठूलो बहुमत प्राप्त दल बन्यो, नेपाल कम्युनिष्टको यो नयाँ नौलो परिघटना थियो । २०७४ को पहिलो संघीय निर्वाचनमा स्थानीय, प्रदेश र संघमा नेकपा अत्याधिक बहुमत प्राप्त गरि यतिबेला सत्ता संचालन गरिरहेको छ । लामो समयसम्मको कुशासन भ्रष्टाचार विसंगतिमा सुधार ल्याउन भने सत्तारुढ दल नेकपालाई हम्मेहम्मे छ । तर जनतासंग गरेको बाचा पुरा नगरी सुक्खै छैन । देशभित्र चरम असन्तुष्टि छन् । पार्टीभित्रै पनि नेतानेताहरुबीच असन्तुष्टि छ । जनसरोकारका धेरै समस्याको हल गर्नु पर्नेछ । समस्यै समस्याको पहाडलाई भत्काउन सत्तारुढ नेकपालाई कठिन छ । कठिनको बाबजुद पनि परिवर्तनको उदेश्य पुरा गर्न कम्युनिष्ट विचार र आस्था राख्नेहरुलाई नेकपाको छातामुनि गोलबन्द गर्नु पर्ने दायित्व पनि छ नेकपासंग ।

हुनत, नेकपाको अहिलेको अवस्था शक्तिशाली भएर पनि टिठलाग्दो छ । नेकपाले न त पार्टीलाई राम्रोगरी अघि बढाउन सकेको छ नत, जनअपेक्षाअनुसार सरकार संचालन गर्न नै । तैपनि, स्थानीय, प्रदेश र राष्ट्रिय हैसियत प्राप्त नेता कार्यकर्ता प्रवेशको लहर चलेकै छ । यसले नेकपाको आयात बढाउदै लगेको छ नै, नेकपाप्रतिको जनभरोशा समेत बढेको छ भन्ने बुझ्न कठिन छैन । जसको बढी विश्वास र भरोसा हुन्छ उसैको बढी आलोचना र गुनासो हुन्छ । यो समाशास्त्रीय नियम हो । यसर्थ विशाल नेकपाले आम नागरिकको गुनासा सुन्नै मात्रै होइन जनसरोकारका मुद्दालाई कार्यान्वयन गर्न लाग्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com