ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाईक मात्र उठाउछ काठमाडौ महानगर फोहोर उठाउदैन (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १९ असोज । स्वच्छ सफा र हरित उपत्यकाको योजना सहित स्मार्ट सिटीको चार्चमा रहेको शहर हो, काठमाडौ ,आधुनिक र ब्यवस्थित काठमाडौको परिकल्पना हरेक जनप्रतिनिधिको नारा बन्दै आएको छ । ब्यवस्थित र स्मार्ट सिटीका परिकल्पना त निकै टाढाको कुरा हो, शहरको न्युनतम फोहोर ब्यवस्थापनमै काठमाडौको बिकास र समृद्धि अल्झिएको छ ।

स्मार्ट सिटीको चर्चा चलिरह“दा राजधानीमा भने नाक खुम्चाएर हिडुनु पर्ने नियती भोगिरहेका छन् सर्वसाधारण जनता । राजधानीको फोहोर व्यवस्थापनका लागि फोहोर पश्चातको सरसफाई भन्दा पनि फोहोर नै गर्न नदिने परिपाटी बिकास गर्नुपर्नेमा बिज्ञहरु सुझउ“छन् ।

मध्यरातमा पनि दिनको झल्को दिने शहर, ठुला ठुला बिजनेस मलहरु, मनोरञ्जनका लागि ब्यवस्थित पार्क, यात्राको सहजताका लागि मेट्रो र केवलकार अनि सफाचट सडकहरुको सुन्दरता । यो कुनै विकसित शहरको कहानी नभई हामीले परिकल्पना गर्ने काठमाडौं सिटिको सामान्य चित्रण मात्र हो ।

तर, अव्यवस्थित र फोहर काठमाडौंले यस्ता योजनाहरुलाई सपनामै सिमित बनाइदिएको छ । तर, पछिल्लो समय स्वच्छ, सफा र हरित अर्थतन्त्रसहितको विकसित शहर निर्माणका लागि विभिन्न योजनाहरु तय भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्मार्ट सिटी अर्थात् आधुनिक शहर निमार्णका लागि ट्राफिक व्यवस्थापन, सडक सफाई एवम् सडक चौडा अभियान , वृक्षारोपण, खानेपानी व्यवस्थापन लगायत फोहोर व्यवस्थापनसम्बन्धि कामहरु गरिरहेको महानगरपालिकाले बताउ“दै आएको छ । स्मार्ट सिटीको चर्चा चलिरहेको राजधानीका विभिन्न स्थानमा भने दुर्गन्धित फोहोरको समस्याले शहरलाई थप कुरुप बनाएको छ । यसको सबैभन्दा ठुलोमार आम सर्वसाधारण जनताले खेपिरहेका छन् ।

राजधानीका चोकै पिच्छे देखिने फोेहोरको द्धश्यले देशको पर्यटन क्षेत्रमा नकरात्मक असर पारिरहेको छ । सन्निकट बन्दै गरेको भ्रमण बर्ष २०२० लाई पनि यो द्धश्यले निकै हिन्नता बोध गराएको छ ।

देशमा २० लाख पर्यटक भित्राउने भनेर सरकारले जति झ्याली पिटेपनि यस्तै साना साना समस्याका जडले अभियानमै नकरात्मक असर पारिरहेको छ । प्रत्यक्षरुपमा मानवजीवनको स्वास्थ्यलाई नै प्रतिकुल असर पारिरहेको फोहर ब्यवस्थापनमा महानगरपालिकाले चासो र चिन्ता भने बढाउन थालेको छ । फोर ब्यवस्थापनमा, फोहरलाई मोहर बनाउ“ भन्ने अभियानपनि नआएका होइनन तर सामाजिक रुपमा चेतना बिस्तार गर्न नसकेपछि त्यस्ता कयौं अभियानहरु अभियानमै सिमित हुन पुगे ।

फोहोर गर्ने, अर्कोले उठाउनु पर्ने प्रचलनले गर्दा राज्यको जनशक्ति मात्र होईन धन र समयको पनि बर्वादि भएको बताउ“छिन फोहरमैला ब्यवस्थापन विज्ञ सुमित्रा अमात्य ।

चेतनाको कमी, व्यवस्थापनमा कमजोरी र स्पष्ट नीति नियम नहु“दा जथाभाबी फोहोर गर्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउन निकै मुस्किल परेको बिज्ञहरुको भनाई छ ।

राजधानीमा मात्रै ५० देखि ६० प्रतिशत कुहिने फोहर निस्किने गरेको छ । कृषि बजारमा मल अभाव भएर किसान रोइरह“दा पनि कुहिने फोहोरबाट मल बनाउन तर्फ सरकारको चासो पुग्न सकेको छैन । नुवाकोटको बन्चरे डा“डोलाई फोहोर व्यवस्थापनको दिर्घकालिन ल्याण्डफिल बनाउने योजना सरकारले ल्याएको थियो । तर, २०७३ मा सुरु भएको यो ल्याण्डफिलको सुरुवाति चरणको काम पनि सम्पन्न हुन सकेको छैन ।

जसले गर्दा केही वर्ष भित्रै हाम्रा घर आगन र बगैचानै डम्पीङ साइड बन्ने खतरा बढ्दै गएको छ । तसर्थ, सफा, स्वच्छ र हराभरा काठमाडौंै निमार्णका लागि सबैको साथ, सहयोग र पहल आवश्यक रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

देशकै प्रमुख प्रशाशकिय तथा पर्यटकिय नगरी भनेर काठमाडौंलाई चिन्ने गरिन्छ । धार्मिक, सा“स्कृतिक र प्राकृतिक सम्पदाको महत्व बोकेको काठमाडौंलाई फोहोरको भारी होइन स्वच्छताको भारी बोकाउनु आवश्यक छ । यसका लागि फोहर मात्र ब्यवस्थापन होइन, कि अब्यवस्थित मानसिकताको पनि ब्यवस्थापन हुनु पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com