ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय निकायको असारे बिकास, ठेकेदारहरुलाई अलकत्राको चासो


sharan sharan

बुटवल, १२ असार ।
स्थानीय निकायलाई असारे विकास सक्ने चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा अभाव भएको बताएका छन् । बजेट फ्रिज हुने डरले धमाधम असार मसान्त अघि सक्ने गरि स्थानीय तहले एकै पटक सडक बनाउने, ताल्ने र कालो पत्रे गर्ने ठेक्का खोलेसंगै बजारमा निर्माण सामग्रीको अभाव देखिएको छ ।
भारत र तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्रा र मट्टीतेलको अभाब भएको भन्दै असारको मुखमा लिएको ठेक्का समयमा नसकिने प्राय निश्चित भएको निर्माण ब्यवसायीहरुले बताएका छन् ।
भारतबाट नेपाल आयात हुने अलकत्राको आयात दर ९९ प्रतिशत (गाडी संख्याको आधारमा) कम भएपछि रुपन्देही क्षेत्रमा सडक निर्माणको काम प्रभाबित भएको छ । अहिले प्रदेश ५ मा विकासको चरणमा रहेका सडक आयोजना निर्माण सम्पन्न गर्नका लागि झण्डै ५ सय ट्रक अलकत्रा आवश्यक पर्ने लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका अध्यक्ष मोहनलाल जोशीले बताउंछन् । निमौण ब्यवसायी संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माणका लागि चाहिने कच्चा पदार्थ बिटुमिन,अलकत्रा र मट्टीतेल पाइनै छाडेको बताएका छन् ।
राज्यको निरिहपनका कारण निर्माण ब्यवसायीले दुःख पाएको भन्दै समयमा काम नसक्दा हर्जाना तिराउने सरकारले निमौण समाग्री अभाव हुंदा समयमा उपलब्ध गराउनु पर्ने लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका पूर्वअध्यक्ष जबिन कक्षपतीले बताए ।
‘निर्माणमा समय तोक्ने, आबश्यक कच्चा पर्दाथको अभाब छ, हामीले कहाबाट ल्याउने अलकत्रा, कसरी समयमै निर्माण सकिन्छ ?’ उनले प्रश्न गरे ।
निर्माण व्यवसायी यदुनाथ पाण्डेले सरकारले सहजीकरण गरिदिएमा निर्माणाधीन अवस्थामा रहेका ७० प्रतिशत काम समयमै सकिने दाबी गरे ।
लुम्बिनी निर्माण व्यबसायी संघ बुटवलका सचिब ज्ञानबहादुर पुनले आफूहरुको चाहना समयमै निर्माण सकेर रकम भुक्तानी लिने भएको बताए । तर, राज्यले निर्माण सकेका आयोजनाको रकम भुक्तानी नदिएर विकास निर्माणमा असहयोग गरेको उनको गुनासो छ । बुटवल उपमहानगर भित्र मात्र उपभोक्ता समिती मार्फत दर्जनौ योजनाहरु सम्पन्न गर्ने गरि काम थालिएपनि उपभोक्ता समितीले निर्माण ब्यवसायीहरु मार्फत काम गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, ३ लाख नजिक

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com