ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय


एबीसी न्यूज
असार ९, २०७६ सोमबार   ३ : ४१   बजे

काठमाडौं, ९ असार । सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
त्यस क्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमासमेत पूर्व तयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उहाँले जानकारी दिनुभयो । विपद् व्यवस्थापनको आपत्कालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपत्कालीनकार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ मा बाहेक ५ प्रदेशमा आपत्कालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकै रहेको मानवीय सहायतास्थलबाट गतवर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् पूर्व तयारीका लागि टेन्ट, (त्रिपाल), डोरी, जेनेरेजटर र प्लाष्टिक सिटलगायतका सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ ।
नेपाली सेनाद्वारा विपद् पूर्व तयारीका लागि इटहरी, काठमाडाँै र सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली मनसुन सक्रिय भएपश्चत तयारी अवस्थामा रहने व्यवस्था मिलाइ सकिएको पनि बैठकमा जानकारी दिइयो । केन्द्रीय विपद् व्यवस्थापन कोषमा अहिले रु एक अर्ब ५३ करोड ३९ लाख २६ हजार रकम मौज्दात् रहेको छ । विषम भू–बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, अव्यवस्थित बसोवास र शहरी विकासका कारण नेपालमा प्राकृतिक प्रकोपका घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ । विश्वमा प्रकृतिक प्रकोपका धेरै घटना हुने मुलुकको सूचीमा नेपाल २० नम्बरभित्र पर्दछ । प्राकृतिक विपद्का घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण र घटनापछि नागरिकमा पु¥याउनुपर्ने आधारभूत सेवामा कमी हुन नदिन पूर्व तयारीले ठूलो भूमिका निर्वाह गर्दछ ।
समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिवेरीबाट हुनसक्ने जनधनको क्षतिको आकलन र विश्लेषण गरी सुरक्षा निकाय, सङ्घीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्व तयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले भनेको छ– विपद् जोखिम व्यवस्थापन कार्यमा एकरुपता ल्याउन, पूर्व तयारी, प्रतिकार्य, पुनर्वास र पुनःनिर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्ने तर्फ ध्यान दिइयोस् । यसअघि बैठकमा सांसद रेखा शर्मा, महेश्वरजङ्ग गहतराज, दिलेन्द्रप्रसाद वडू, जनार्दन शर्मालगायतले जोखिम क्षेत्रको पहिचान, खोज, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र निर्माण, उचित स्थानमा सामग्रीको भण्डारणको आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group