ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई


एबीसी न्यूज
असार ९, २०७६ सोमबार   १ : ३७   बजे


काठमाडौं, ९ असार । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । आजको फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टिमका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरीको ‘ए’ टिमका नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१–१३ को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

त्यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामीमगरको जोडीलाई २१–१६ ,१८–२१ र १८–१६ को सेटमा पराजित गरी उपाधि चुम्न सफल बन्यो । प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार ट्रफी तथा प्रमाण प्राप्त गरे भने उपविजेताले नगद रु २० हजार ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए ।

त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडी तथा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमका मनिषा चौधरी र पुष्पा चौधरीको जाडीले तेस्रो स्थान हासिल गरी दुवै टिमले नगद रु १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपिएफका विनिता बुढाथोकीले प्राप्त गरी नगद रु तीन÷तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता टिमका खेलाडी तथा दुबै विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ तथा सङ्घका कास्की अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी पुरुष तर्फ १७ र महिला तर्फ १४ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई नेपालमा आयोजना गर्ने गरी तय भएको १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता९साग० को लागि छनोट गरी बन्द प्रशिक्षणमा सहभागि गराइने बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group