ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई


एबीसी न्यूज


काठमाडौं, ९ असार । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । आजको फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टिमका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरीको ‘ए’ टिमका नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१–१३ को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

त्यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामीमगरको जोडीलाई २१–१६ ,१८–२१ र १८–१६ को सेटमा पराजित गरी उपाधि चुम्न सफल बन्यो । प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार ट्रफी तथा प्रमाण प्राप्त गरे भने उपविजेताले नगद रु २० हजार ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए ।

त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडी तथा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमका मनिषा चौधरी र पुष्पा चौधरीको जाडीले तेस्रो स्थान हासिल गरी दुवै टिमले नगद रु १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपिएफका विनिता बुढाथोकीले प्राप्त गरी नगद रु तीन÷तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता टिमका खेलाडी तथा दुबै विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ तथा सङ्घका कास्की अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी पुरुष तर्फ १७ र महिला तर्फ १४ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई नेपालमा आयोजना गर्ने गरी तय भएको १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता९साग० को लागि छनोट गरी बन्द प्रशिक्षणमा सहभागि गराइने बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com