ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको युरोप भ्रमण अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उजिल्याउन सफल


एबीसी न्यूज

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ ।

सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’

नेपालको विकासका महत्वपूर्ण साझेदार राष्ट्रहरुसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध विस्तार गर्दै जाने नेपालको परराष्ट्र नीतिलाई अपेक्षित परिणामउन्मुख गराउन पनि प्रधानमन्त्रीको यो भ्रमण सफल भएको ठानिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को शतवार्षिकी समारोहमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्रीबाट भएको संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमणले ‘समृद्ध नेपाल, खुशी नेपाली’ को अवधारणा साकार पार्न ती देशले सघाउने प्रतिबद्धता व्यक्त गर्नु मुलुककै निम्ति गौरव र गरिमाको विषय हो ।

शतवार्षिकी समारोहमा नेपालको सहभागिता र प्रधानमन्त्रीबाट भएको विशेष सम्बोधनले विश्व मानचित्रमा नेपाललाई वैदेशिक श्रमलगायत विषयमा मार्गदर्शक देशका रुपमा स्वीकारेको छ भने श्रम विवाद संवादबाट समाधान गर्ने र अन्तर्राष्ट्रिय श्रम मापदण्डलाई राष्ट्रिय कानूनमा आन्तरिकीकरण गर्ने राष्ट्रका रुपमा नेपालको पहिचान स्थापित भएको छ ।

आफू नेतृत्वको सरकारले श्रम र लगानीमैत्री ऐन नियम लागू गरेको, लगानीको प्रतिफल विनाझन्झट स्वदेश लैजान सकिने व्यवस्था गरिएकोजस्ता प्रगतिशील परिपाटीलाई नेपालले अङ्गीकार गरेको यथार्थ विश्वसामु प्रस्तुत गरेर प्रधानमन्त्री ओलीले लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने वातावरण बनेकोप्रति आश्वास्त पार्नुलाई भ्रमणको उपलब्धि मान्नुपर्छ ।

नेपालले सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम गरेको तथा नेपालको विकास प्रयासमा लामो समयदेखि सघाउँदै आएको संयुक्त अधिराज्यको भ्रमण १७ वर्षपछि सरकार प्रमुखबाट हुनुलाई आपसी चासोका विषयमात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका मामिलामा विचारविमर्श गर्न मिलेको अवसरलाई उपलब्धि नै मान्नुपर्छ ।

विपक्षी दल तथा आलोचकले प्रधानमन्त्रीको फ्रान्स र बेलायत भ्रमणलाई असामयिक भन्नुलाई तर्कसङ्गत मान्न सकिदैन् । किनभने प्रधानमन्त्रीको यो भ्रमणले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने प्रभावशाली देशसँगको सम्बन्ध उच्चस्तरमा नवीकरण भएको छ । नेपालको बदलिएको परिवेश र अन्तर्राष्ट्रिय जगत्मा पनि भएका नवीनतम परिवर्तन र बौद्धिक बहसका सन्दर्भमा नेपाल त्यसबाट अछुत रहन सक्दैन ।

अठार वर्षको अन्तरालमा भएको फ्रान्स भ्रमण पनि उत्तिकै महत्वपूर्ण छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकीका सन्दर्भमा भएको यो भ्रमण आपसीहित र सहयोगका विभिन्न क्षेत्रमा सहकार्यलाई घनिभूत बनाएको छ भने पारस्परिक सहमतिले दुवै देशसँगको उच्च राजनीतिक तहमा संवादको थालनी हुनुलाई सकारात्मक मान्नुपर्छ ।

नेपालको विकासका प्राथमिकता, लोकतन्त्र र मानव अधिकारको संरक्षण, गरीबी र पछौटपनको अन्त्य गर्दै “अशान्तिबाट शान्तितर्फ, अस्थिरताबाट स्थिरतातर्फ र अविकसित अवस्थाबाट विकासको मार्गमा दह्रो पाइला चाल्ने राष्ट्रका रुपमा पहिचान स्थापित गर्न सघाउ पु¥याएको”, राष्ट्रको परिचय बाह्य जगत्मा कायम भएको फ्रान्स भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीको यो अभिव्यक्ति मननीय छ ।

आपसीहित र चासोका विषयमा सहकार्य गर्ने र व्यापार, लगानी, पर्यटन एवं प्रविधि हस्तान्तरणमा प्रभावकारी ढङ्गबाट सहकार्य गर्दै अगाडि बढ्ने समझदारी बनेको छ । जलवायु परिवर्तनका नकरात्मक असरको प्रभाव कम गर्न तथा वातावरणीय सन्तुलन कायम राख्न दुवै देशले मिलेर द्विपक्षीय तथा अन्तर्राष्ट्रिय तहमा सहकार्य गर्ने वातावरण सिर्जना भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणले सरकारी पक्षका अलवा बेलायतको संसद्का सदस्य र विपक्षी दलका नेतासँगको भेटघाटले नेपाल–बेलायत सम्बन्धलाई सुदृढ बनाउन थप योगदान पुगेको छ । विश्वविख्यात अक्सफोर्ड युनियनको सम्बोधनबाट चेतनशील एवं विद्वत् वर्गमा नेपालको पहिचान स्थापित गराउन र नेपालप्रति सुदूर भविष्यसम्म टिक्ने दिगो सद्भाव हासिल गर्न सहयोग पुगेको उहाँको विश्वास छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आर्थिक विकासमा बेलायत सरकारको दह्रो प्रतिबद्धता व्यक्त भएको छ, थप लगानी र पर्यटन प्रवद्र्धनमा सहयोगको मार्गप्रशस्त भएको बताउनुलाई उहाँको भ्रमण सफल रहेको मान्नैपर्छ ।

आपसीहित र चासोका विषयमा सहकार्य गर्ने र व्यापार, लगानी, पर्यटन एवं प्रविधि हस्तान्तरणमा प्रभावकारी ढङ्गबाट सहकार्य गर्दै अगाडि बढ्ने समझदारी बन्नु अनि जलवायु परिवर्तनका नकरात्मक असरको प्रभाव कम गर्न तथा वातावरणीय सन्तुलन कायम राख्न फ्रान्ससँग मिलेर द्विपक्षीय तथा अन्तर्राष्ट्रिय तहमा सहकार्य गर्ने वातावरण सिर्जना हुनुलाई कम आँक्न मिल्दैन ।

युरोपका विभिन्न मुलुकस्थित नेपाली राजदूतहरुको भेलालाई जेनेभामा सम्बोधन गर्दै नेपालको परराष्ट्र नीतिका प्राथमिकताबमोजिम राष्ट्रिय हित प्रवद्र्धनका लागि अझ सशक्त र प्रभावकारीरुपमा सक्रिय हुन निर्देशन दिनुका साथै प्रधानमन्त्रीले जेनेभास्थित विश्वविख्यात भौतिक विज्ञानसम्बन्धी युरोपेली अनुसन्धान केन्द्रमा भइरहेको ब्रम्हाण्डको उत्पत्तिसम्बन्धी अनुसन्धानबारे जानकारी लिनुभएको थियो ।

युरोप बसाईका क्रममा टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री र स्वीट्जरल्याण्डका पूर्वराष्ट्रपति एवं वर्तमान गृहमन्त्रीसँग भएका द्विपक्षीय भेटवार्ताले आपसी सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउनका साथै आपसीहितका क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्ने सहमति हुनुलाई सामयिक मान्नुपर्छ ।

सम्मेलनकै क्रममा नेपाल र यूएई तथा मरिससबीच छुट्टाछुट्टै द्विपक्षीय श्रम सम्झौता हुनु, नेपाल र टर्कीबीच वैदेशिक रोजगारीका क्षेत्रमा सहकार्यको प्रतिबद्धता व्यक्त हुनु भ्रमणको अर्को उपलब्धि हो ।

त्यसअघि आइएलओको शतवार्षिकी समारोहमा प्रधानमन्त्रीले श्रमिकका हकअधिकारको स्थापना एवं समग्र श्रम क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिबारे अवगत गराउनुभएको थियो । उहाँले सामाजिक संवादका माध्यमबाट रुपान्तरण भएको उत्पादन सम्बन्धलाई दिगो बनाउन काम र जीवनबीच सन्तुलन आवश्यक रहेको बताउँदै सबै काम मर्यादित र सबै श्रमजीवी वर्ग संरक्षित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रधानमन्त्रीले नेपालमा सबै प्रकृतिका काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको र बजारलाई खुकुलो बनाइएको जानकारी दिनुभएको थियो । उहाँले श्रमको संसारले भन्ने गरेको अनौपचारिक क्षेत्रलाई कानूनी हिसाबमा औपचारिक बनाइएको यथार्थ पनि सुनाउनुभएको थियो ।

बेलायती राजकुमार ह्यारीसँग शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण, नेपालले जैविक विविधता एवं वन्यजन्तु संरक्षणमा हासिल गरेको उपलब्धि र महिला तथा बालिका सशक्तीकरणका क्षेत्रमा गरेको प्रगतिबारे विचारविमर्श गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com