ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको समय संवाद,सहकार्य र अग्रगमनको हो – प्रधानमन्त्री ओली (८ वटाप्रश्नको उत्तर)


एबीसी न्यूज
असार १, २०७६ आईतबार  २ : ०५ बजे


काठमाडौं, १ असार ,२०७६ जेठ २५ गते यूरोप भ्रमणमा निस्कनु भएकाप्रधानमन्त्री केपीशर्मा ओलीआजअसार १ गते स्वदेश फर्कनु भएको छ ।

अबको समय संवाद,सहकार्य र अग्रगमनको हो

मैले एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमाउल्लेख नभएकाजस्तो हामीले मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थियौं । आइएलओकाडाइरेक्टरले दिनु भएको भोजमा संयुक्तराष्ट्र संघ महासभाकाअध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायतनर्वेका प्रधानमन्त्री अनेक नेताहरुसँग साइडलाईनमावा अनेक ढंगले वाञ्छित कुराकानीभएको छ र त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि,बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पु¥याएको छ ।

अर्को, एउटा कुरा केहीमानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालकोआवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन ।अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो ।

हिजो एउटा समयथियो,जतिबेलाआधारभूतप्रश्नमानै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिकअधिकार नै थिएन ।त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्नथिएन ।त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो ।

अहिले दुईओटा कुरा नबुझेको हो । एउटा–जनतानै सार्वभौसत्ता सम्पन्नभइसकेको छ ।तसर्थ जनताको इच्छा, भावना र हितविपरित कुनै पनि कुरा हुदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवतामान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार कामगर्ने जनताप्रतिउत्तरदायी सरकार छ ।त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमाकामगर्छ ।अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुनपनि सक्छ ।

त्यस्तो भयो भने सरोकारवालापक्षले,जनताको कुनैपक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावनाबेस्सरी उछालेर कहाँ पुग्छु भन्नेत्यो भावना नराख्दापनिहुनेहो । त्यो विरोध केही उछालिनेवालापनि छैन् ।जनता भड्काउनसकिन्छ किभन्ने नसोचे पनिहुन्थ्यो । भड्काउन सकिनेवालापनि छैन् ।जनताकालागिकामगर्ने सरकार छ । अनिजनता के कारणले भड्किन्छ ?कुनै कमीकहीदेखियो भने त त्यो सरकारले सच्चाइहाल्छ ।त्यसकारण जनताको इच्छा अनुसार कामगर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो ।जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर,त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथआएको सरकार हो । त्यस कारण यो सानातिना कुराहरुमानअल्झिएहुन्थ्यो । अल्झिरहनु पर्नेआवश्यकतै थिएन ।

गुठीका नाममा

गुठीसम्बन्धीकतिपय ठाउँमा गुठीका नाममाजनतामाथि, गरिबहरु माथिशोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कहीकतै त्यस प्रकारका गुठीहरुमाकतै केहीधक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

अब केहीमानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वालाछैन । चान्स छैन । किनभने यो सरकार जनताकालागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमाकाम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विकमहत्वका धरोहरहरु, पुरातात्विकमहत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँगजोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्राआफैमा एउटा धरोहर हो । इन्द्रजात्राआफैमा एउटा धरोहर हो ।कुमारी जात्राआफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कलामात्रै होइन। साँस्कृतिककलाजो झन राम्ररी कुदिएको छ । त्यो पनिहो । त्यस कारण यसमाकुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन ।

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनिहाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँगकुनै कुराले कही नेरी अलिकतिपनिप्रतिकुल असर वा घच्चा जानेर वानजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउनहोइन । यो सरकार बनेको जनताको मन हसाँउनहो ।
त्यस कारण कहीकतै केहीनपुगेको देख्दावाकहीकतै केहीभुलबस्कतै गएको देख्दात्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यतिभन्न चाहन्छु यस सन्दर्भमा ।

अर्कोहाम्राजहाजहरु युरोपियनआकाशमापनि उड्ने छन्, विश्वकाजुनसुकै आकाशमा उड्ने छन् । त्यो उड्ने प्रवन्धकालागिहामीतयारी गर्दैछौँ । यस पल्ट पनिहामीले गम्भिरताका साथ कुरा उठाएका छौँ ।

सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन

अर्कोसन् १९४७ को त्रिपक्षीय सम्झौतात्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजकाहाम्राआवश्यकतालाई त्यसले निर्देशितगर्न, नियन्त्रितगर्न सक्ने अवस्था छैन । त्यस कारण स्वभाविकहो योकुनै आवेश उत्तेजनाको विषयहोइन । १९४७ को त्रिपक्षीय सन्धीत्यो भारतबाट व्रिटिस गोर्खा भनिएकाहाम्रादाजुभाइहरुरेजिमेन्ट मारिएका बेलाको कुरा हो ।

त्यस कारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नु पर्नेआवश्यकता छैन । आजहामीदुई पक्षीय सहमतीमाजान सक्छौँ । सकालागिपुनरावलोकन गर्नु पर्छ । समग्र पुनरावलोकनको पक्षमाहामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्ननहुने कुरा वालुकाएको कुरा होइन । मैले युकेमात्यहाँप्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरे र हाम्रो विचार हो यो ।हाम्रो सोच हो भनेर भने । तर त्यो कुरा मात्रै संयुक्तवक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामात्यो दुई पक्षीय संयुक्तवक्तव्यमाआउदैन त्यो, स्वभाविकहो । अहिले हामीले उठाएका हौँत्रिक्षीय सम्झौता अब आवद्यिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।

भ्रमण फलदायी रह्यो

भ्रमण संक्षिप्तमाअत्यन्तै फलदायी रह्यो । हामीअत्यन्त सक्रियपनि रह्यौँ । हामीले हाम्रानीतिहरु,उपलब्धिहरु, आवश्यकताहरु,आंकाक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।

छानविन भइरहका कुरामानबोलौं

वाईड बडी चाहित्यसमा छानविन हुँदै छ । छानविन भइरहेका कुरामा मैले धेरै केहीनबोलौँ । अब गैर जवाफदेहीपाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर मैले परिणाम नआइकन कसैको बारेमाभन्नमिल्दैन । छानविन हुँदैछ–जो दोषी छ उम्किनपाउदैन । दोषीमाथि कारवाही हुन्छ । वाइड बडी अहिलेसम्म उडेन । किनभने पहिले त तयारी नै भएको थिएनत्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यानगएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com