ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश


एबीसी न्यूज
जेष्ठ २३, २०७६ बिहीबार  ३ : २९ बजे

 

काठमाडौं,२३ जेठ ।  विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो । यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश नं। ३ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले पुलिसलाई ४२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा पुलिसले ९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा पवन सर्राफले अविजित २१ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । बलिङतर्फ एपिएफका कप्तान वसन्त रेग्मी व्यक्तिगत ३ विकेट लिए भने शरद भेषवाकरले २ विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको एपिएफले २२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनायो । एपिएफका कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । शरद भेषवाकरले ७ रन जोड्दा पृथु बास्कोटाले पनि समान ७ रन नै जोडे । यसैगरी अमर सिंह रौटेलाले ६ तथा सन्दीप जोराले ५ रन बनाए ।

एपिएफलाई ४१ रनमा समेट्नेक्रममा पुलिसका ललित नारायण राजवंशीले व्यक्तिगत ४ विकेट लिँदा कुशल भुर्तेल र सागर ढकालले समान ३÷३ विकेट झारे । शनिबार हुने फाइनल भिडन्तका विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com