ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबार हत्याकाण्डका १८ वर्षः हत्यारा को रहस्यमय


एबीसी न्यूज
जेष्ठ १९, २०७६ आईतबार  ९ : २० बजे


काठमाडौँ, १९  जेठ ।  दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।

त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।
नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्ड भए जुन किताबका पानामा लेखिन्छन् । तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै हो । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो। तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन् ।

दीपेन्द्रले त्यतिसम्म गर्न सक्लान् भन्ने कसैलाई लागेकै छैन । ज्ञानेन्द्र शाहको परिवारमध्ये कोमल शाह घाइते भएकी थिइन् । अन्य कसैलाई केही नहुँदा शंका गर्ने ठाउँ रह्यो ।

हुनत तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । त्यो समितिले दीपेन्द्रलाई नै दोषी देखायो ।

दरबारभित्र सो समयमा भएका व्यक्तिहरुको भनाइलाई आधार मानेर रिपोर्ट तयार भएको थियो । परिस्थिति यस्तो थियो कि तत्कालीन सभामुख तारानाथ रानाभाटले दोहोरो कुरासमेत गरेका थिएनन् । समितिले दरबार निकटका कसैसंग पनि प्रतिप्रश्न गर्न पाएका थिएनन् । एकोहोरो भनेको भनाइलाई आधार बनाउँदा पक्कै पनि त्यो रहस्यमय बनेको थियो, यद्यपि छ ।

दरबार हत्याकाण्डको ग्राण्ड डिजाइनको खुलासा गर्ने भन्दाभन्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पनि निधन भयो। यतिलामो समय भइसक्दा पनि अहिलेसम्म थप कुनै कुरा बाहिर आउन सकेन । पुस्तकमा मनगढन्ते कुरा लेख्ने क्रम अहिले पनि रोकिएको छैन । सम्भवतः त्रास अझै छ । दीपेन्द्रले नै पनि गराएका हुन सक्छन् । तर त्यसको निष्पक्ष छानविन नहुनु दुर्भाग्य हो । मुलुकमा गणतन्त्र आइसकेपछि अब त तत्कालीन दरबार निकटका व्यक्तिहरुलाई पटकपटक प्रश्न गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com