ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ


एबीसी न्यूज

काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ रु एक खर्ब ३७ अर्ब रहेको छ ।

पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको भन्दा ३५ प्रतिशत बढी विनियोजन गर्ने गरी प्रस्ताव गरी अर्थ मन्त्रालयबाट स्वीकृत भएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो । काठमाडौँ–तराई द्रूतमार्गका लागि २० अर्ब, हुलाकी राजमार्गका लागि रु १५ अर्ब, मध्यपहाडी (पुष्पलाल) लोकमार्गका लागि रु १० अर्ब, रेलमार्गका लागि रु सात अर्ब ५० करोड, उत्तर–दक्षिण लोकमार्गका लागि पाँच अर्ब ५० करोड बजेटको प्रस्ताव स्वीकृत भएको उहाँले बताउनुभयो । मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सबै राजमार्गलाई एशियालीस्तरको मार्गका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । अब बन्ने कुनै पनि राजमार्ग चार लेन घटीका निर्माण नहुने भएका छन् । काठमाडौँबाट पोखरा, सूर्यविनायक–धुलिखेललगायत मार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पूर्व–पश्चिम राजमार्ग, मोहना–अत्तरिया, वीरजञ्ज–पथलैया सडकलाई छ लेनमा विस्तार शुरु गरिसकेको जनाएको छ । चौध हजार ९०० किमी सडक केन्द्र सरकारले हेर्ने निर्णय यसअघि नै मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । हाल तीनै तहले हेर्ने सडकमा करीब ३५ लाख सवारी गुडिरहेको प्रवक्ता सापकोटाले सुनाउनुभयो ।

मन्त्रालयले उत्तरी सीमा हिल्सा, कोरला, किमाथाङ्का, लामाबगर, ओलाङचुङ्गोला, लार्केभञ्ज्याङ, ताक्लाकोट, मरिम्लापासलगायत नाका जोड्ने सडक निर्माणलाई प्राथमिकता साथ अघि बढाउने योजना बनाएको छ । यसैगरी तातोपानी र रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नति पनि प्राथमिकतामा रहेको जनाइएको छ । हुम्ला सदरमुकाममात्र सडक पूर्वाधारसँग जोड्न बाँकी रहेकाले आगामी आर्थिक वर्षमा जोडिसक्ने लक्ष्यसमेत मन्त्रालयको छ ।

यसैगरी उत्तरी र दक्षिणी सीमा जोड्ने रेलमार्ग निर्माणलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षमा उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । जति उत्तर गयो त्यति नै बढी कठिन भूगोल भएकाले रेलमार्ग निर्माणमा समय भने लाग्ने छ । केरुङ–काठमाडौँ रेलमार्गको चिनियाँ पक्षले पूर्व सम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययन गर्ने तयारी भइरहेको छ । यसैगरी वीरगञ्ज–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययनको काम भारत सरकारको सहयोगमा शुरु भएको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com