ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको न्यूनतम पारिश्रमिकको माग


admin
जेष्ठ १३, २०७६ सोमबार  ११ : २६ बजे

काठमाडौं, १३ जेठ । प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा यहाँ कार्यरत पत्रकारले भौगोलिक विकटताका कारण समाचार सङ्कलनमा अझै चुनौती रहेको भन्दै निर्धारित पारिश्रमिक उपलब्ध गराई दिन माग राखेका थिए ।

छलफल कार्यक्रममा सहभागी गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावासिदार वाइबालगायत राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षकले रसुवामा क्रियाशील सबै पत्रकार लगनशील भई काम गरिरहेको प्रतिक्रिया दिनुभएको थियो ।

गत भदौ ३० गते नेपाल राजपत्रमा निर्धारित पारिश्रमिक उपलब्ध गराउने व्यवस्थाका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीसमक्ष रसुवाका पत्रकारले माग राखेका थिए । विकास र समृद्ध नेपाल बनाउने कार्यमा सहज पार्न पत्रकार जगत्ले निरन्तर कलम चलाउन आग्रह गर्दै नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै पत्रकारको हितमा महासङ्घ निरन्तर रूपमा अगाडि बढ्ने बताउनुभयो ।

स्थानीयस्तरमा सञ्चालित रेडियो एफएमलगायत पत्रपत्रिकालाई सबल र सक्षम पार्न सबै खालको विज्ञापन स्थानीयस्तरमै दिनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाले आयोजना गरेको छलफल कार्यक्रममार्फत् केन्द्रीय नेतृत्वसमक्ष आफ्ना दुःखसुुख पोख्न पाउँदा यहाँका पत्रकार अत्यन्तै उत्साहित भएको उक्त शाखाका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

‘इन्धनको मूल्यले बिथोलियो भान्सा’

नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा नयाँ नियम लागू, बजार संरचनामा ठूलो परिवर्तन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com