ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको न्यूनतम पारिश्रमिकको माग


admin

काठमाडौं, १३ जेठ । प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा यहाँ कार्यरत पत्रकारले भौगोलिक विकटताका कारण समाचार सङ्कलनमा अझै चुनौती रहेको भन्दै निर्धारित पारिश्रमिक उपलब्ध गराई दिन माग राखेका थिए ।

छलफल कार्यक्रममा सहभागी गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावासिदार वाइबालगायत राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षकले रसुवामा क्रियाशील सबै पत्रकार लगनशील भई काम गरिरहेको प्रतिक्रिया दिनुभएको थियो ।

गत भदौ ३० गते नेपाल राजपत्रमा निर्धारित पारिश्रमिक उपलब्ध गराउने व्यवस्थाका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीसमक्ष रसुवाका पत्रकारले माग राखेका थिए । विकास र समृद्ध नेपाल बनाउने कार्यमा सहज पार्न पत्रकार जगत्ले निरन्तर कलम चलाउन आग्रह गर्दै नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै पत्रकारको हितमा महासङ्घ निरन्तर रूपमा अगाडि बढ्ने बताउनुभयो ।

स्थानीयस्तरमा सञ्चालित रेडियो एफएमलगायत पत्रपत्रिकालाई सबल र सक्षम पार्न सबै खालको विज्ञापन स्थानीयस्तरमै दिनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाले आयोजना गरेको छलफल कार्यक्रममार्फत् केन्द्रीय नेतृत्वसमक्ष आफ्ना दुःखसुुख पोख्न पाउँदा यहाँका पत्रकार अत्यन्तै उत्साहित भएको उक्त शाखाका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com