ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’


एबीसी न्यूज


काठमाडौं, ८ जेठ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको झण्डै सात महिनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् ।

प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बताउनुभयो । गत कात्तिक ११ गते ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी नेपाल प्रहरीले उक्त अभियान देशैभरि एकसाथ शुरु गरेको थियो । वैशाख महिनामा मात्र १६ कार्यक्रम विभिन्न ठाउँमा सम्पन्न भएका छन् ।

अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्यार्थीलाई लक्ष्य गरी सडक सुरक्षा, लागुऔषध दुव्र्यसन, बालविवाह तथा बाल यौन दुव्र्यहारसम्बन्धी प्रशिक्षण विद्यालय सम्पर्क कार्यक्रममार्फत गरिरहेका छौँ ।” कार्यक्रम सञ्चालनपछि नागरिक जागरुक भएर गाउँमा हुने घटनाको जानकारी दिन थालेको उहाँको भनाइ छ । यसबाट आपराधिक क्रियाकलाप र सामाजिक विकृति अन्त्य गर्न सहयोग पुग्नेछ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा लागूऔषध प्रयोग र ओसारपसार विकराल बनिरहेका बेला यस किसिमका सचेतनामूलक कायक्रम सञ्चालन गर्न थालेपछि अन्य विद्यालय तथा समुदायबाट आफ्नो क्षेत्रमा पनि कार्यक्रम गरिदिन भन्दै माग बढिरहेको उहाँको भनाइ छ । प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय एउटा र १० वटै स्थानीय तह, प्रत्येक वडाका साथै टोल संस्थामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । प्रहरीसँगको साझेदारी सम्झौतानुसार आवश्यक सहयोग गर्दै आएको वाणगङ्गा नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारुले बताउनुभयो । प्रहरीले यस किसिमका कार्यक्रमलाई बढावा र निरन्तरता दिनसके सुरक्षित र शान्त समाज निर्माणमा टेवा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले विश्वास व्यक्त गर्नुभयो ।

किशोरीलाई यौनहिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन जिल्लामा किशोरी आत्मरक्षा तालीम पनि सञ्चालन भएको छ । अस्पताल, धार्मिकस्थल तथा विभिन्न बजारमा समुदायसँग मिलेर सरसफाइ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय, समुदाय प्रहरी साझेदारी शाखाले जनाएको छ । दुर्घटना नियन्त्रण गर्न पनि सडक सुरक्षा कार्यक्रम भइरहेको प्रहरी सहायक निरीक्षक सुदीप भण्डारीले जानकारी दिनुभयो । वाणगङ्गा प्लाष्टिकमुक्त घोषणा हुँदै वाणगङ्गा नगरपालिका आगामी भदौ १ गतेदेखि प्लाष्टिकमुक्त नगर घोषणा हुने भएको छ । बाणगङ्गा नगर कार्यपालिकाको नियमित बैठकले यस्तो निर्णय गरेको हो । प्लाष्टिक झोलाको अत्यधिक प्रयोग भएको र त्यसले वातावरणमा प्रदूषण बढाएको तथा फोहोर व्यवस्थापनमा चुनौती थपेको निस्कर्ष निकाल्दै नगरलाई प्लाष्टिकमुक्त बनाउन लागिएको नगर प्रमुख थारुले बताउनुभयो । सबै पक्षसंँगको सहयोग र सहकार्यमा प्लाष्टिक झोला मुक्त गरिने उहाँको भनाइ छ ।

प्लाष्टिकविहीन नगर घोषणा हुने भएसँंगै ३० माइक्रोम भन्दा तलको प्लाष्टिकको झोला स्वास्थ्यका लागि हानिकारक भएकाले बोक्न प्रतिबन्ध लगाइने समेत निर्णय भएको छ । प्लाष्टिकजन्य वस्तु प्रयोग नगर्न सबै नगरवासीलाई अनुरोध गरिएको छ । बैठकले आव २०७६÷७७ को लागि प्रदेश, सङ्घ तथा तराई–मधेश समृद्ध कार्यक्रमअन्तर्गत समपूरक योजना छनोट गरी माग गर्ने निर्णय समेत गरेको छ । बैठकमा नगर शिक्षाको कार्यविधि पनि स्वीकृत भएको छ । कार्यविधि स्वीकृत भएसंँगै पद रिक्त दरबन्दी मिलान र करारमा रहेका शिक्षकलाई नियुक्त गर्ने बाटोसमेत खुलेको छ । यसैबीच नगरले सञ्चालन गरेको बहुक्षेत्रीय पोषणका कार्यक्रमको प्रगतिबारेमा समीक्षा गरिएको छ ।

यसैगरि चालु आवमा नगरका विभिन्न वडामा सञ्चालित योजना यही जेठ मसान्तसम्म सम्पन्न गर्नका लागि सम्बन्धित वडा र उपभोक्ता समितिलाई कडाइका साथ काममा लाग्न निर्देशनसमेत बैठकमार्फत दिइएको नगरका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com