ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छः मुख्यमन्त्री राउत


एबीसी न्यूज


काठमाडौं, ८ जेठ । हिमालयन बैंक लिमिटेडले शाखा सञ्चालन विस्तारका क्रममा आफ्नो ५८ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शाखाको उद्घाटन गर्दै बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी छ भन्नुभयो । उहाँले प्रदेशमा युवाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको समस्यालाई दृष्टिगत गरी युवाहरूले विदेश कमाएको रकम उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने समयसापेक्ष सेवा उपलब्ध गराउनुपर्ने खाँचो आँैल्याउनुभयो । प्रदेशमा ऋण तिर्न नसक्ने स्थितिमै विदेशबाट लास आउने समस्या जटिल रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले युवाले स्वदेशमै रोजगार पाउने कार्यक्रमको थालनी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना भएको चर्चा गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशीलता र सहयोगका लागि आग्रह गर्नुभयो । सो बैकले हालसम्म रु एक खर्ब १२ अर्ब २६ करोड ६२ लाख लाख निक्षेप सङ्कलन गरी कर्जा सापटका रूपमा उत्पादनशील तथा आधारभूत क्षेत्रमा रु ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको जनाइएको छ ।

बैंकले चालू आवको नौ महीनामा रु दुई अर्ब ८६ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताइएको छ । हाल सो बैंकको एटिएम सङ्ख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार पाँच सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com