ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपामा पोलिटव्यूरो गठन अझै हुन सकेन, व्यवस्थापन गर्न प्रचण्डलाई समस्या


एबीसी न्यूज
जेष्ठ ६, २०७६ सोमबार  ८ : ०९ बजे


काठमाडौं, ६ जेठ । पार्टी एकताको एकवर्ष पुगेसँगै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोलिटब्युरो गठन र केन्द्रीय कमिटी सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्ने तयारीमा जुटेको छ । तर, पूर्व माओवादी केन्द्रका नेताबीच कुनै विधि, पद्धती र प्रणाली बिना नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि बढ्दै गइरहेको छ । पोलिटब्युरो गठनमा सबै विचार, समुहबाट एकिकरण गरी आएका नेताहरुको प्रतिनिधित्व हुनुपर्ने नेताहरुले माग गरेका छन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले बीच एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनेको जेठ ३ गते एक वर्ष पुग्यो । पार्टी एकिकरणको तीन महिनाभित्रै एकिकरणका सबै प्रक्रिया सक्काउने भनिएको थियो तर हालसम्म प्रक्रिया सकिएको छैन । जेठ ३ गते जनवर्गिय संगठनको संयोजक र सह–संयोजक तोकेर जनवर्गिय संगठनको एकिकरण प्रक्रिया पनि प्रारम्भ गरीएको छ । एकताप्रक्रिया सुस्त गतिमा अघि बढिरहेको छ । नेकपा यतिखेर पोलिटब्युरो गठन र केन्द्रीय समिति सदस्यहरुलाई जिम्मेवारी दिने विषयमा केन्द्रीत भएको छ । पोलिटब्युरो गठनको तयारीमा लागेपनि पूर्व माओवादी केन्द्रका नेताहरुबीच सहमती जुट्न नसक्दा नेकपाको पोलिटब्युरो गठन हुन सकेको छैन ।


पूर्व माओवादी केन्द्रमा जम्बो पोलिटब्युरो थियो । एमालेसँग एकता गर्नुअघि माओवादीले विभिन्न पार्टीसँग एकता गरेको थियो । फुटेर गएका आफ्नै पार्टीका पूर्व नेताहरुलाई पनि ठूलो पदको आश्वासनसहित फर्काएको थियो । माओवादी भित्रै जिम्मेवारी दिन नसकिरहेको अवस्थामा एमालेसँग एकिकरण भएपछि पूर्व माओवादीका नेताहरुलाई अहिले जिम्मेवारी बाँडफाँड गर्न निकै सकस परेको छ । पोलिटब्युरो गठनमा पूर्व माओवादीभित्र सबै समुहले सदस्य माग गरेपछि अध्यक्ष प्रचण्ड गृहकार्यमै रहेका छन् । पार्टीभित्र यसअघि निर्माण भएका कमिटी कुनै मापदण्ड, विधि, प्रणाली बिना बनाइएको भनेर आरोप आइरहेको बेला पोलिटब्युरो पनि बिना मापदण्ड बनाइने हो कि भन्ने चिन्तामा नेताहरु देखिएका छन् । यद्यपी पोलिटब्युरोको गठन गर्दा पूर्व माओवादी केन्द्रको तहगत संरचनालाई ध्यान दिएर विधि संगत नै छानिने नेकपा स्थायी कमिटी सदस्य अग्नी सापकोटा बताउँछन् ।
पूर्व माओवादी केन्द्रसँग एकतामा आएका कयौं समुह तथा नेताहरुले उचित जिम्मेवारी पाएका छैनन् । पोलिटब्युरो तथा पार्टीका अन्य कयौं कमिटी गठन गर्दा सबै खाले प्रवृति र दृष्टिकोणलाई समेट्दै छुटपुट भएका सबैलाई जिम्मेवारी दिनुपर्ने नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउंछन ।

पूर्व माओवादी केन्द्रभित्र बरिष्ठ, कनिष्ठको आधारमा जिम्मेवारी नदिएर पहुँचको आधारमा जिम्मेवारी दिने गरिएकोमा नेताहरु असन्तुष्ट छन् । पार्टी एकदुई व्यक्तिले चलाउने कम्पनी जस्तो भएको भन्दै पार्टीलाई पार्टी जस्तो बनाउन उनीहरुले माग गरेका छन ।

तर, स्थायी कमिटी सदस्य अग्नि सापकोटा एकता प्रक्रियामा आउने र पार्टी भित्र भएका सबै नेताहरुको योगदानबारे पार्टी जानकार रहेकोले कसैप्रति अन्याय नहुने जिकीर गर्छन ।
पार्टीका एक अध्यक्ष प्रचण्डलाई आफ्नो पूर्व पार्टीभित्रको भागवण्डा मिलाउन हम्मेहम्मे परेको छ । तर, पूर्व माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँड र भागबन्डामा अल्झिएर पार्टी एकतामा प्रक्रिया सम्पन्न गर्न ढिलाइ नहोस् भन्ने नेकपाका कार्यकर्ताहरुले चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com