ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० वर्ष पहिला भेटिएको ‘हराएको १० गांउमा’ रोगको महामारी


sharan sharan
जेष्ठ ५, २०७६ आईतबार   ७ : ५५   बजे

नेपालगन्ज, ५ जेठ ।
एबिसी न्युजले पत्ता लगाएको बांकेको हराएको दश गांउमा यतिबेला महामारी फैलिएको छ । नक्सा भित्र रहेर पनि आफ्नो नागरिक नचिनेको सरकारलाई एबिसी न्युजबाट हराएको दश गांउ पत्ता लगाई सार्वजानीक गरेपछि सरकार केहि समय गांउमा अपनत्व दिन तातेको पनि थियो । तर समय बित्दै गएपछि राज्य फेरी गांउ प्रति बेवास्ता गर्दै गयो । परिणाम यतिबेला सिङ्गो दश गांउमा रोगको माहामारी फैलिएको छ ।
बांकेको राप्तीसोनारी गाउंपालिकाको ४ नम्बर वडामा पर्ने खयरभट्टी, चुनभट्टी, महेशपुर, सन्तलिया लगायतका त्यहांका आधा दर्जन गाउंमा झाडा पखाला र कमलपित्तको प्रकोप फैलिएको छ । गाउंबाट सदरमुकाम नेपालगन्ज पुग्न हिडेर र गाडिमा गरेर ७ घण्टाभन्दा बढी समय लाग्छ । राज्यको नजर नपुगेको यी गाउंमा अहिले विभिन्न रोगहरु एकैसाथ फैलिएको छ । यी गाउंहरुमा झाडापखाला, जण्डिस शरिर चिलाउने लगायतका रोगहरु एकैपटक फैलिएका छन् ।
खयरभट्टी, चुनभट्टी, महेशपुर लगायत गाउहंरुमा केही हप्तायता विभिन्न किसिमका रोगहरु फैलिएका छन् । रोगहरु फैलिएसंगै गाउंमा स्वास्थ्यकर्मीहरु नहुंदा रोग नियन्त्रणमा आउनुको साटो फैलिदै जान थालेको छ । शुक्रबार गाउंमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’लाई स्थानीयबासीले गाउंमा झाडापखाला, जण्डिस लगायतका रोग लागेका बिरामीहरु धेरै भएको बताए । उनीहरुले सरकारको नजरमा आफुहरु पुग्न नसकेको भन्दै सांसद समक्ष छिटो भन्दा छिटो गाउंमा स्वास्थ्यकर्मी र औषधी पठाइदिन आग्रह गरे । स्थानीय रमेश श्रीसले केही हप्तायता गाउंमा बिभिन्न खाले रोगहरु फैलिएको बताए । अहिले खयरभट्टी, चुनभट्टी, महेशपुर लगायतका गाउंमा सबैभन्दा बढी बिरामी जण्डिसका रहेको उनले जानकारी दिए । झाडापखाला, आउं, शरिर चिलाउने रोगहरु देखिएपनी अहिले सबैभन्दा धेरै बिरामी जण्डिसका रहेको भन्दै स्थानीय श्रीसले छिटो भन्दा छिटो डाक्टर र औषधी पठाइदिन आग्रह गरे ।
राज्यले पअनत्व लिएको ९ वर्ष बढी भई सक्दा पनि गाउंहरुमा पुग्न भारतको बाटो हुंदै जानुपर्छ । यहांका सबै नागरिकहरु दैनिक उपभोग्य साम्रगीदेखि उपचारसम्म भारतीय बजारमा निर्भर
हुनुपर्छ । बिरामी पछि केही मानिसहरुलाई भारतीय बजारमा लगेर उपचार गरेपनी निको नभएको स्थानीयबासीहरु बताउछन् । यहां रहेका आधा दर्जन गाउंमा सिटामोल दिने कोही स्वास्थ्यकर्मी समेत छैनन् । उपचार अभावमा केही बिरामीको अवस्था गम्भिर भन्दै जान थालेको अर्का स्थानीय अम्मर बहादुर घर्तीले जानकारी दिए । उपचारको अभावमा गाउंमा रोग फैलने क्रम बढिरहेको उनले बताए । घर्तीका अनुसार गाउंमा खानपानीको मुहान फोहोर हुंदा विभिन्न रोगहरु एकैसाथ फैलिएको हो । पानीको मुहान व्यवस्थित नहुंदा पातहरु कुहिएको पानी पिउन स्थानीयहरु बाध्य छन् ।

सडक सञ्चार लगायतका सुविधा नपुगेको यो गाउंमा पुग्न भारतीय गाउंसम्म सवारी साधनमा पुगेर त्यहांबाट दुई घण्टा हिडेर मात्र पुग्छ सकिन्छ । बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन समेत सास्ती छ । प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले रोग प्रभावित गाउंमा एक दुई दिनमा नै स्वास्थ्यकर्मीहरु संगै औषधी पु¥याउने तयारी थालिएको जानकारी दिइन् । गाउंमा पुग्दा मात्र रोगबारे आफुले थाहा पाएको बताउदै उनले विशेषज्ञ डाक्टरसहित फेरी गाउंमा पुग्ने तयारी गरिरहेको बताइन् । सुगम जिल्लाको लिस्टमा नाम आउने बांकेको अती विकट क्षेत्रमा समेत राज्यको ध्यान पुग्नुपर्छ । यहां फैलिएका विभिन्न रोगहरुलाई समयमै नियन्त्रणमा लिनको लागी सम्बन्धित निकायले चांडोभन्दा चांडो ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group