ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्सापाटनबाट यार्सागुम्बा र नगदसहित २० जना तस्कर पक्राउ


एबीसी न्यूज


काठमाडौं, ३ जेठ । हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो । पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको निकुञ्जले जनाएको छ ।

पक्राउ पर्नेमा गोठीचौर गाउँपालिका–१ का जुनबहादुर महतारा, कविता महतारा, सिर्जना ऐडी र सुशीला बस्नेत तथा वडा नं १ २ का सूर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनवीर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमल बुढा, दलबहादुर थापा, सुशीलादेवी बुढा र कर्ण बुढा रहेका छन् । त्यस्तै तातोपानी गाउँपालिका–८ बस्ने कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा र निशान थापा तथा पातारासी गाउँपालिका–५ का गोर्ख बुढालाई पनि गस्ती टोलीले पक्राउ गरेको छ ।

उनीहरुबाट १५० ओटा यार्सागुम्बा, नगद रु दुई लाख ८१ हजार, कुटो १८, हँसिया एक थान र मोबाइललगायत सामानहरु बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । उनीहरु यार्सापाटन खुला गर्ने समय अगावै अवैध रुपमा चोरी–तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ । जिल्लास्थित सरोकारवाला निकायको बैठकले यही जेठ १३ मा मात्रै डोल्पाका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले पाटन छिर्ने जो कोहीलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ ।

वैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले विभिन्न यार्सा पाटनबाट ५२ जना यार्सागुम्बा तस्कर पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ । यसअघि पनि नेपाली सेनाको गस्ती टोलीले निकुञ्ज क्षेत्रमा पर्ने फेरीगाउँबाट कस्तुरीको छाला र १० वटा पासो बेवारिसे अवस्थामा फेला पारेर निकुञ्जलाई बुझाएको थियो । यार्सागुम्बा सङ्कलन गर्ने समय नजिकिँदै गएकाले निकुञ्ज क्षेत्रभित्रका यार्सा पाटनमा चोरी शिकारी बढ्नसक्ने भन्दै सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोली विभिन्न नाका र यार्सा पाटनमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com