ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने


एबीसी न्यूज
जेष्ठ ३, २०७६ शुक्रबार  १ : ३९ बजे


काठमाडौं, ३ जेठ । मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उहाँ बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ ।

इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । स्थानीयस्तरको समस्या, कार्यक्रम र गतिविधिका समाचार लेखेर पठाउने माध्यम नहुँदा शाहीलाई काम गर्ने इच्छाशक्ति पनि मर्दै गएको छ । फोन गर्नका लागि र इमेल गरेर समाचार पठाउन चार घण्टा उकालो हिँडेर नर्कुको अग्लो डाँडामा पुग्नुपर्ने भएकाले आफूलाई यो काम फलामको चिउरा चपाए झैँ भएको पत्रकार शाहीको गुनासो छ । अर्का पत्रकार सरोज थापाको पनि उस्तै गुनासो छ । सञ्चार र प्रविधिको युगमा पनि गाउँघरका समाचार पनि लेखेर पठाउन कठीन भएको उहाँको भनाइ छ । तत्कालै प्रयोग गर्नुपर्ने कतिपय समाचार पनि सञ्चार माध्यमको पहुँच नहुँदा बासी भएपछि तिनको महत्व नरहने उहाँ गुनासो गर्नुहुन्छ ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकाका विभिन्न वडामा फोनले काम नगर्दा यहाँका हजारौँ बासिन्दाले सास्ती भोग्दै आएका छन् । आफन्तसँग फोन गर्नका लागि अग्ला पहाडका नेटवर्कको खोजी गर्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको जगदुला गाउँपालिका–६ का करवीर रोकाय बताउनुहन्छ । एक गाउँबाट अर्को गाउँमा खबर पठाउन र पाउन पनि दुई दिनसम्म लाग्ने गरेको उहाँको भनाइ छ । स्थानीय तहका कर्मचारीलाई कुनै कार्यक्रम गर्नका लागि खबर पठाउन हिँडेरै जानुपर्दा हैरान भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “टावर निर्माणका लागि ल्याइएका सामग्रीहरु रुकुमको त्रिवेणीमा एक वर्षदेखि थन्किएका छन्, टेलिकमका कर्मचारी नआउँदा टावर जडान गर्न सकिएको छैन ।” मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा पनि फोनले काम नगर्दा सरकारी काम गर्न सदरमुकाम दुनै जानु परेको शाहीको भनाइ छ । इलमा रहेको वाणिज्य बैंकको सेवा प्रवाहमा समेत समस्या देखिँदै आएको छ । टेलिफोन टावर निर्माणका लागि ठाउँठाउँमा निवेदन गरिए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष शाही बताउनुहन्छ । यहाँका गाउँमा रेडियो तथा टिभी कुनै पनि सञ्चारका सेवा उपलब्ध नहुँदा देश तथा बिदेशका खबर महीना दिनपछि मात्र थाहा हुने गरेको छ ।

उपल्लो डोल्पामा कुनै सामान्य घटनाको खबर पनि सदरमुकाम पुर्‍याउन पाँच दिनभन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टको भनाइ छ । माथिल्लो डोल्पाका अधिकांश ठाउँमा टेलिफोन सम्पर्क नहुँदा दैनिक सूचना आदानप्रदानमा समस्या पैदा भएको उहाँ बताउनुहुन्छ । अग्ला हिमाल, त्यसको फेदीमा गाउँहरु भएको उपल्लो डोल्पामा सेवा दिनका लागि कर्मचारी जान–आउनसमेत मुस्किल भएको प्रजिअ मुकेशकुमार केसरी उल्लेख गर्नुहुन्छ । वर्षौंदेखि जिल्लाका ७० प्रतिशत स्थानमा फोनले काम नगर्दा दैनिक सूचना आदान–प्रदानमा समस्या भोग्दै आउनुपरेको उहाँ उल्लेख गर्नुहुन्छ ।

सञ्चारमाध्यमको सुविधा नहुँदा त्यहाँका स्थानीय तहका कतिपय कार्यालयसमेत सदरमुकाम दुनैमा मात्र सञ्चालन भइरहेको पाइएको छ । बैंकहरु समेत सदरमुकामबाहेह अन्यत्र स्थापना हुन सकेका छैनन । टावर निर्माणका लागि ठेक्का लिएर निर्माण व्यवसायीले समयमै काम नगर्दा टेलिफोन टावर विस्तारमा समस्या भएको पूर्वमन्त्री तथा सांसद सत्य पहाडी बताउनुहुन्छ ।नयाँ टावर निर्माणका लागि काम जारी रहेको र आउँदो आर्थिक वर्षभित्र केही नयाँ टावर पनि बनिसक्ने उहाँको भनाइ छ ।

भूबनोटका कारण सञ्चारका साधनको प्रयोग जटिल हुनाका साथै ढुवानी गर्नसमेत मुस्किल भएकाले केही ढिला हुन गएको सांसद पहाडी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com