ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल


admin
जेष्ठ २, २०७६ बिहीबार  १२ : १९ बजे

चितवन, २ जेठ । पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् ।

सो विमानस्थलसमेत हेर्दै आउनुभएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएका छन् । गौतमले मेघौली विमानस्थलको धावनमार्ग एक हजार ५०० मिटर लम्बाइ बनाउन सकिने बताउनुभयो ।

हाल सो विमानस्थलको लम्बाइ एक हजार मिटर छ । नजिकै २०० मिटर क्षेत्रमा सुकुम्वासीले बसोबास गरेका छन् । उनीहरुलाई विकल्प दिएर विस्तार गर्दा धावनमार्गलाई ५०० मिटर थप गर्न सकिने छ । विमानस्थल क्षेत्र २३ बिघामा फैलिएको छ । धावनमार्ग घाँसेमैदान रहेको छ । भरतपुर विमानस्थलमा धावनमार्गका कारण साना जहाज मात्र उडान हुँदै आएको छ । गौतमले मेघौली विमानस्थललाई स्तरोन्नति गर्न सके ७२ सिटे जहाज अवतरण गर्न सकिने बताउनुभयो ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले मेघौली क्षेत्रमा रहेका १० होटलमा ३५५ जनाको क्षमता र १० होमस्टेमा ८० जनाको क्षमता रहेको बताउनुभयो । त्यहाँ आउने पर्यटक र स्थानीयवासीलाई लक्षित गरी पर्यटकीय विमानस्थलको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ । विसं २०१६ मा स्थापना भई विसं २०६९ सम्म नियमित उडान हुँदै आएको सो विमानस्थलमा हाल आंशिकरूपमा चार्टरबाहेक अन्य उडान हुनसकेको छैन ।

गएको सङ्घ र प्रदेशको निर्वाचनको समयमा एक महीना नेपाल एयरलाइन्सले जहाज उडाएको भए पनि त्यसयता निरन्तरता पाउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगरटप्स खुलेसँगै शुरु भएको यस विमानस्थल होटल बन्द भएसँगै बन्द हुनपुगेको हो । पर्यटक भित्र्याउनका लागि विमानस्थल शुरु भएको थियो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले विमानस्थल स्तरोन्नति गरेमा आफ्ना एयरलाइन्सका ठूला जहाज सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । पर्यटकीय विमानस्थलका रूपमा यो विमानस्थललाई विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

भरतपुरमा विमान अवतरणका क्रममा समस्या देखिएमा मेघौलीमा आकस्मिक अवतरण गराउन सकिने देखिएको छ । विमानस्थलको बुधबार अवलोकनपश्चात प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले दुई विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा चित्रित भरतपुर महानगरका दुईमध्ये भरतपुरलाई आन्तरिक र मेघौलीलाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उक्त विमानस्थलको स्तरोन्नतिका लागि प्रदेशसभा र प्रदेश सरकारमार्फत आवश्यक पहल गर्ने उहाँको भनाइ थियो ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले मेघौली विमानस्थललाई यथास्थितिमा निरन्तरताभन्दा पनि अत्याधुनिक र विकसित स्वरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मेघौलीलाई चितवनको मुख्य विमानस्थल बनाउने कुरामा दुईमत छैन, हामीले यसको पहलकदमी लिनुपर्छ ।” उहाँले रात्रिकालीन उडानसमेत गर्नसक्ने गरी स्तरोन्नति गर्न सबैले पहल थाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

सम्बन्धित

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com