ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारमा खटिएका प्रहरीबाटै हतियार हराएपछि…


admin
जेष्ठ १, २०७६ बुधबार  १ : ५३ बजे

झापा,१ जेठ । झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना बाहिर आएको छ ।

झापा कारागारको नेतृत्व सम्हालेका प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका वेला कारागारबाट प्रहरीले बोक्ने हतियार हराएको हो ।

प्रहरी नायव निरीक्षक आचार्य घर विदा गएका बेला कारागारको सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई दिइएको थियो । एक प्रहरीले अर्का प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ । तर, विहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो ।

कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ । छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान थालेको जनाइएको छ ।

यता ९ महिनाअघि झापा कारागार भित्रैबाट फरार भएका एक कैदीबन्दी अझै फेला परेको छैन । गौरादह नगरपालिका ८ स्थित जुरोपानी निवासी २४ वर्षीय उमेश माझी फरार भएको ९ महिना बितिसकेको छ । २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी २०७५ साउन दिउँसै कारागारबाट पर्खाल नाघेर भागेका थिए । कारागारबाट कैदी फरार भएपछि प्रहरी सहायक निरीक्षकसहित ६ प्रहरीलाई प्रहरी कार्यालय झापाले निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ : गगन थापा

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com