ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरु


एबीसी न्यूज

सुर्खेत, ३१ वैशाख । नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ । मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो ।

चार सेमेष्टरमा शिक्षण गराइने उक्त विषयको अवधि दुई वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन खोपीराम लम्सालले जानकारी दिनुभयो । नेपालमै पहिलोपटक कर्णालीबाट नौलो विषय ‘लोकवार्ता विज्ञान’ शुरुआत हुनुले गौरवान्वित बनाएको बताउँदै डिन लम्सालले भन्नुभयो, “यसको अध्ययन अध्यापनले यहाँको मौलिक संस्कार, संस्कृति, सम्पदा र सभ्यताको मात्र अनुसन्धान हुने छैन, समुदायमा विद्यमान जनबोली, सामाजिक विश्वास, कला, साहित्य, विभिन्न पर्व, धर्म र परम्परागत प्रथाहरुको खोज र अन्वेषण पनि गर्नेछ ।”

“कर्णाली बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त प्रदेश हो”, उहाँले थप्नुभयो, “यसको अध्ययन अध्यापनले यहाँको इतिहास, पुरातत्व र संस्कृतिलाई उत्खनन, पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।” त्यसका साथै कर्णाली प्रदेशमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान दिने जनशक्ति उत्पादन गर्ने उहाँको जिकिर थियो । उहाँका अनुसार प्राचीन सिल्करोड, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको समेत अध्ययन अनुसन्धान हुुने भएकाले नयाँ आयाम थपिने छ ।

पहिलोपटक प्रारम्भ गरिएको ‘लोकवार्ता विज्ञान’ले कर्णाली र नेपाल मात्र नभई दक्षिण एशियाकै परम्परागत संरचना, संस्कृति, संस्कार र मौलिकताको खोज अनुसन्धानसहित राष्ट्रियताको बोध गराउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com