ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दिया भनेपछि ‘बाघ’


एबीसी न्यूज
बैशाख ३१, २०७६ मंगलबार  ७ : ४७ बजे

राजापुर, ३१ वैशाख । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ ।

त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए । सफा सुन्दर र रमणीयता मन पराउने पर्यटक नेपालकै चर्चित र विदेशमा समेत ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नुअघि नै निराश महसुस गर्थे । बर्दियामा लोपोन्मुख पाटेबाघको वृद्धि भएपछि दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउनुहुन्छ ।

“धरैजसो पर्यटक बाघ हेर्नकै लागि आउनुहुन्छ”, भण्डारीले भन्नुभयो, “गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिन्छ ।” निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्ने हो भने पनि बाघ संरक्षण नै बर्दियाको प्रमुख उपलब्धि हो ।

निकञ्ज घुम्न आउनेसँगको प्रवेश शुल्कवापत झण्डै रु डेढ करोड राजश्व सङ्कलन भएको छ । नेपाली पर्यटकबाट रु १३ लाख आठ हजार १३८, सार्क मुलुकका पर्यटकबाट रु ४३ लाख नौ हजार ५२५ तथा विदेशी मुलकका पर्यटकबाट रु ९९ लाख ३७ हजार ४८० रकम राजश्ववापत उठेको छ । निकुञ्जका टिकट बुकिङ इन्चार्ज रमेश चौधरीका अनुसार प्रवेश शुल्क तथा जङ्गल सफारी, क्याम्पिङ, जङ्गल ड्राइभिङ, अवलोकन, अध्ययन भ्रमण, विद्यालयका बालबालिकाको शैक्षिक भ्रमणवापत चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु तीन करोड एक लाख १० हजार ९४१ राजश्ववापत उठेको छ ।

नेपाली, विदेशी तथा सार्क मुलुकका गरी करीब २२ हजार पर्यटकले आर्थिक वर्ष २०७५÷७६ को वैशाख मसान्तसम्म निकुञ्ज भ्रमण गरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार बर्दियामा ८७ पाटेबाघ छन् । बर्लिनमा भएको पर्यटन मेलाले बर्दिया राष्ट्रिय निकुञ्जलाई एशियाकै पहिलो प्राकृतिक गन्तव्यको घोषणासमेत गरेको थियो । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com