
काठमाडौं,२८ बैशाख । दक्ष प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै गएको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट व्यवसायिक कृषिजन्य उद्योग स्थापना गरि मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो परियोजना लागु गरिएको भएपनि प्राविधिकको अभावमा हाईटेक ग्रीन हाउन परियोजना असफल बन्दै गएको हो ।
अनुदान सहितको अत्याधुनिक प्रविधि भन्दै किसानहरु हाईटक प्रविधि तर्फ आकर्षित भएपनि प्रविधि सम्बन्धी विज्ञको अभाव भएपछि किसान मर्कामा परेका छन् । नया प्रविधिसंगै कृषि उत्पादनबाट अत्याधिक नाफा कमाउने उद्देश्य लिएका किसानहरुले अहिले नोक्सान व्यहोर्न परेको गुनासो छन् ।
उनीहरुले हाईटेक भनिएपनि हाईटेकमा हुनुपर्ने प्राविधिक पक्ष नभएको र सो प्रणालीमा उत्पादन गरिने तरकारी बालीका बारेमा यथेष्ट जानकारी नहुँदा समस्या परेको बताएका छन् । हाईटेक ग्रीन हाउसमा लगाउने बाली, रोग किरा सहितको प्राविधिक पक्षको जानकारी अभावमा ठुलो समस्या भएको बताएका छन् ।
बरिष्ठ कृषि अधिकृत बषन्त कुमार श्रेष्ठले जानकारी बिना नै प्रविधि आएको भएपनि आफुहरुले सक्दो सहयोग गरेको दाबी गर्नुभयो । उहाँले प्रविधिमा देखिएका समस्याबारे विभिन्न अनुसन्धान गरि समाधान गर्ने काम भईरहेको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्