ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपान्तरणका लागि नमूना विद्यालय- मन्त्री पोखरेल


admin

काठमाडौ,२९ बैशाख । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो ।

आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउनुभयो । ‘‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’’ उहाँले भन्नुभयो, “सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नु पर्छ ।” देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताउनुभएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उहाँले दोहो¥याउनुभयो ।

सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको भौतिक संरचना गौण भएको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षण सिकाइले नमूना हुनुप¥यो शिक्षालाई पैसा कमाउने उद्योगका रुपमा बुझ्ने गलत चिन्तन अन्त्य हुनुपर्ने उहाँको तर्क छ ।

‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ , अब त्यसको अन्त्य गर्नुपर्छ’ उहाँले भन्नुभयो,“अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ ।”

अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भन्नुभयो,“अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ” उहाँले प्रतिप्रश्न गर्नुभयो । मन्त्री पोखरेलले सिकाइ भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउँदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com