
काठमाडौं,२८ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्यालगर्न नसक्नु लज्जास्पद भएको बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा शनिवार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकारका गतिविधिले संसदीय व्यवस्थामा आँच पुगेको बताउनुभएको हो ।
सरकारले काम केही नगरी समृद्धिको नारा लगाएर मात्र बसेको उल्लेख गर्दै सुशासन दिन नसकेको उहाले आरोप लगाउनुभयो । नेता सिंहले विकास बजेट खर्च गर्न नसकेका कारण सरकार संघीयता असफल बनाउन उद्धत रहेको आरोप समेत लगाउनुभयो ।
नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी कांग्रेस रहेको जिकिर गर्नुभयो । उहाँले आफूहरू जस्तोसुकै भए पनि जनमतको सम्मान गर्ने बताउनुभयो । नेकपाको दुईतिहाइ सरकार भएको भएपनि देशले राहत नपाउने नेता सिंहले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्