ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा उद्यमी ढकालद्वयले बनाएको विद्यालय भवन राष्ट्रपति भण्डारीबाट हस्तान्तरण


admin

बागलुङ, २३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले व्यक्तिगत खर्चमा आफ्ना स्वर्गीय बुवाको स्मृतिमा विद्यालयको नयाँ भवनको निर्माण गरिदिनुभएको थियो । राष्ट्रपति भण्डारीले आज एक कार्यक्रमका बीच नवनिर्मित विद्यालय भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यसअवसरमा राष्ट्रपति भण्डारीले सोही विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थीहरुको संस्था अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ आशाको सहयोगमा बनेको अत्याधुनिक मल्टिमिडिया सेन्टरको पनि उद्घाटन गर्नुभएको छ ।


विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफु जन्मेको ठाउँको विकास गर्न युवा उद्यमी चन्द्र ढकाल र हेमराज ढकालले गरेको सहयोगको प्रशंशा गर्नुभयो । देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै भण्डारीले यसलाई जनस्तरबाट समेत साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । भण्डारीले राज्यका निकाय र सामाजिक क्षेत्रबाट प्राप्त सहयोगको सदुपयोग गर्दै विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन कटिवद्ध हुनुपर्ने धारणा राख्नुभयो । परोपकारी संघसंस्था एवं समाजसेवीले शिक्षा र स्वास्थ्यमा गरेको लगानी र सहयोग पुण्य कर्म भएको बताउँदै उहाँले यो कहिल्यै पनि खेर नजाने उल्लेख गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले आफुहरुको पहलमा स्थापित विद्यालयमा राष्ट्राध्यक्ष आउनु यस क्षेत्रका लागि गौरबको विषय भएको बताउनुभयो । नेता शर्माले निमाविसम्म रहेको विद्यालयलाई मावि बनाउने बेलामा पञ्चायतकालमा आफुले १८ वर्षे शिक्षण पेशालाई नै दाउमा राखेको स्मरण गर्नुभयो । अमलाचौर निवासी शर्मा सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुनुहुन्छ ।

This image has an empty alt attribute; its file name is 60042993_659711744475360_1689785609083682816_n.jpg


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालका स्वर्गीय बुवाको स्मरणमा स्कुलको नामलाई पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको हो । १४ कोठे विद्यालय भवन बनाउन ढकाल दाजुभाइले छ करोड १४ लाख रकम खर्चिएका छन् ।


कार्यक्रममा सांसदहरु डा. सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, व्यवसायीद्वय चन्द्र ढकाल, हेमराज ढकाल, अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ आशाका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, विद्यालयका प्रधानध्यापक प्रेमप्रसाद चागागाईं लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व्विद्यार्थी तथा गैरआवासीय नेपालीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com