ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजराईल पनि युनेस्कोबाट अलग हुदै


admin
आश्विन २७, २०७४ शुक्रबार  १२ : १५ बजे

काठमाण्डौं, २७ असोज । अमेरिकाले राष्ट्रसंघीय निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले पनि बाहिरिने बताएको छ ।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई ’बहादुरीपूर्ण’ र ’नैतिकताले भरिएको’ भनेका छन् । युनेस्कोकी प्रमुख इरिना बोकोभाले युनेस्कोबाट अमेरिका अलग हुनु ’अति दुःखको विषय’ भएको प्रतिक्रिया दिएकी छिन् । युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ । त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ ।

अमेरिकाले पेरिसस्थित मुख्यालय रहेको युनेस्कोबाट आफ्नो प्रतिनिधित्व विस्थापित गर्नका निम्ति एउटा पर्यवेक्षण मिसन खटाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । इजरेली प्रधानमन्त्री नेतन्याहुले ट्वीट गर्दै अमेरिकाले जस्तै युनेस्कोबाट अलग हुने प्रक्रिया समानान्तर रुपमा थाल्न अफ्नो विदेश मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् । अमेरिका र इजरेलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन् ।

युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो । गत वर्ष युनेस्कोले जेरुसलेमस्थित महत्वपूर्ण पवित्रस्थलसंग यहुदीहरुको कुनै सन्दर्भ नजोडिएको एउटा विवादास्पद प्रस्ताव अंगीकार गरेपछि इजरेलले उससंगको सहकार्य तोडेको थियो । जेरुसलेमस्थित पवित्रस्थलहरुमा र वेस्ट ब्यांकमा इजरेलले गर्दै आएका गतिविधिहरुको समेत आलोचना गरेको थियो । यसै वर्षको शुरुतिर युनेस्कोले वेस्ट ब्यांकस्थित ’ओल्ड सिटी अफ हिब्रोन’लाई प्यालेस्टिनी विश्व सम्पदा सूचीमा राख्ने घोषणा गरेकोमा नेतन्याहुले निन्दा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com