ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायज्ञमा ३० लाख र सात क्वीन्टल धातु सङ्कलन


admin
बैशाख ८, २०७६ आईतबार   १० : ४७   बजे

काठमाडौं,८ वैशाख । चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ ।

यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ ।

वैशाख ११ गतेसम्म चल्ने महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको र विभिन्न क्षेत्रका दाताबाट सहयोगको प्रतिबद्धता आइरहेको महायज्ञका सहसंयोजक ऋषिश्वर थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १३ जना संस्थापक भइसकेको तथा दुई जना संस्थापक र संरक्षक बनिसकेको तथा अन्य व्यक्तिहरुबाट पनि धातु र आर्थिक सहयोग जारी रहेको छ ।

रु एक लाख सहयोग गर्ने संस्थापक र रु पाँच लाख सहयोग गर्ने व्यक्ति संस्थापक संरक्षण बन्ने छन् । उहाँले अष्ट्रेलिया, अमेरिका, पोर्तुगल, फ्रान्स, बेलायत र जापानमा बस्ने नेपालीले समेत सहयोग गर्ने आश्वासन दिएको जानकारी दिनुभयो । चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलनको उद्देश्यले महायज्ञ गरिएको हो ।

देवघाटमा शिवको मूर्तिसहित जमीनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । पर्यटन व्यवसायी केशव पाण्डेले नेतृत्वमा मूल आयोजक समिति निर्माण गरी यहाँ महायज्ञ सञ्चालन गरिएको छ । सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजबाट कथा वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group