ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाले जितगढीमा अपनत्व ग्रहण गरेपछि जितगढीको महत्व बढ्यो [भिडियो सहित]


एबीसी न्यूज


काठमाडौ, ८ वैशाख । इतिहास जित्नेहरुको मात्र लेखीन्छ भन्ने पुरानो भनाइलाई बिस्थापन गर्दै नेपालको इतिहासमा भने पराजयको मात्र इतिहास कोरिएको पाईएको छ ।

युद्धमा पराजय भोग्न बाध्य योद्धाहरुको इतिहास लेखीरह“दा युद्धमा जित्दै दुस्मनहरुलाई लखेट्न सफल योद्धाको इतिहास भने ओझेलमा परेको छ । स्थानीय नागरिक अगुवाहरुको अथक प्रयासको परिणाम स्वरुप गत वर्ष देखि बुटवल उपमहानगरपालिकाले बैशाख ७ लाई बिजय उत्सव दिवस किटानी गरेको थियो । बिजय उत्सव मनाउन सुरु गरे पछि तथा नेपाली सेनाले जितगढीमा अपनत्व ग्रहण गरेपछि जितगढीको महत्व आम जनमानसमा उजागर हुन थालेको छ ।

‘अङ्ग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास रहेको रुपन्देहीको जितगढीलाई राज्यसंचालकरुले चटक्कै बिर्सिदिंदा जीतगढी आफैमा हारिरहेको थियो ।

राष्ट्रियताको प्रतिबिम्बका रुपमा रहेको युद्ध ईतिहांसको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी (उजीरसिंहगढी)’ को हालत देख्दा धेरै नेपालीको मन रोईरहेको थियो । जीतगढीमा आज पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक बस्तु तथा प्रमाण भेटिन्छ ।

युद्धसंग सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु आज पनि जस्ताको तस्तै छ, जीतगढीमा । इतिहासको २ सय वर्ष पछि स्थानीय सरकारको एउटा निर्णय र नेपाली सेनाको चासो पछि भने जितगढीको मुहार फेरीएको छ । सरकारको निर्णय अनुसार नेपाली सेनाले ऐतिहासिक गढीहरुको संरक्षण गर्ने कार्यमा अगाडी बढेको नेपाली सेनाको ५ नम्बर प्रदेश प्रितनाका प्रितनापति सिताराम खड्का बताउंछन् ।

इतिहासकारहरुले पटक पटक जितगढीको वास्तबिक बिजय गाथा उजागर गरिरहंदा मौन बसिरेहको राज्यका अंगहरु अघिल्लो वर्ष देखि केहि तातेको छ । गढि किल्लाहरुको संरक्षणमा नेपाली सेनाले चासो देखाउन थालेपछि जितगढी किल्लाले पनि आफ्नो बिरताको गाथा सुनाउने अवसर पाएको छ ।

जितगढीलाई आजको अवस्था सम्म ल्याउनका लागि सुरुदेखि नै प्रयास गरिरहेका नागरिक अगुवाहरु पनि पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकारले जितगढीका बिषयमा उत्साहित बनेका छन् । जितगढीका बिषयमा लगातार लबिङ गरिरहेका नागरिक अगुवा तथा बटौली संरक्षण समितीका अध्यक्ष रबिन्द्रगोपाल लाकौल बर्षाैंको प्रयास सफल भएकोमा खुसी छन् ।

मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री बिजय उत्सवमा सहभागि हुनु आफैमा महत्वको बिषय बन्न पुगेको छ । त्यसो त जितगढीको बिषयमा उल्लेखित तथ्यांकमा इतिहासकारका बिच फरक फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा जितगढीको चर्चा सहितको सामाग्री भेटिएपछि मात्र जितगढीबारे नेपालमा बहस हुन थालेको थियो ।

सन् १८७१ मा सुरु भएको लडाई १८७२ अप्रिल २० अर्थात बैशाख ७ गते नेपाली सेनासंग हार खांदै जनरल उड नेतृत्वको कम्पनी फौज नेपाली फौजसंग हार खाएर भारत फर्केको थियो । त्यही मितिलाई आधार मानेर बैशाख ७ लाई बिजय उत्सव मान्ने बुटवल उपमहानगरपालिकाले गत वर्ष निर्णय गरेको थियो । पार्टी एकता तथा सरकारको महत्वपुर्ण कामलाई केहिबेर थाती राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको जितगढी यात्राले बिजय उत्सवको गरिमालाई अझै उच्च बनाएको छ । कर्णेल उजिर सिंह थापाको पुर्ण कदको सालिक अनावरण गर्दै किल्लामा राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका प्रधानमन्त्री ओलीले कर्णेल उजिर सिंह र नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् ।

बिश्व बिजेता अंग्रेजहरुलाइ धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथि नेपालका धरै शासकहरुले शासन गरिसकेका छन् । उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जीतगढी भनिएको इतिहांसकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com