ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाले जितगढीमा अपनत्व ग्रहण गरेपछि जितगढीको महत्व बढ्यो [भिडियो सहित]


एबीसी न्यूज
बैशाख ८, २०७६ आईतबार   ९ : ०५   बजे


काठमाडौ, ८ वैशाख । इतिहास जित्नेहरुको मात्र लेखीन्छ भन्ने पुरानो भनाइलाई बिस्थापन गर्दै नेपालको इतिहासमा भने पराजयको मात्र इतिहास कोरिएको पाईएको छ ।

युद्धमा पराजय भोग्न बाध्य योद्धाहरुको इतिहास लेखीरह“दा युद्धमा जित्दै दुस्मनहरुलाई लखेट्न सफल योद्धाको इतिहास भने ओझेलमा परेको छ । स्थानीय नागरिक अगुवाहरुको अथक प्रयासको परिणाम स्वरुप गत वर्ष देखि बुटवल उपमहानगरपालिकाले बैशाख ७ लाई बिजय उत्सव दिवस किटानी गरेको थियो । बिजय उत्सव मनाउन सुरु गरे पछि तथा नेपाली सेनाले जितगढीमा अपनत्व ग्रहण गरेपछि जितगढीको महत्व आम जनमानसमा उजागर हुन थालेको छ ।

‘अङ्ग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास रहेको रुपन्देहीको जितगढीलाई राज्यसंचालकरुले चटक्कै बिर्सिदिंदा जीतगढी आफैमा हारिरहेको थियो ।

राष्ट्रियताको प्रतिबिम्बका रुपमा रहेको युद्ध ईतिहांसको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी (उजीरसिंहगढी)’ को हालत देख्दा धेरै नेपालीको मन रोईरहेको थियो । जीतगढीमा आज पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक बस्तु तथा प्रमाण भेटिन्छ ।

युद्धसंग सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु आज पनि जस्ताको तस्तै छ, जीतगढीमा । इतिहासको २ सय वर्ष पछि स्थानीय सरकारको एउटा निर्णय र नेपाली सेनाको चासो पछि भने जितगढीको मुहार फेरीएको छ । सरकारको निर्णय अनुसार नेपाली सेनाले ऐतिहासिक गढीहरुको संरक्षण गर्ने कार्यमा अगाडी बढेको नेपाली सेनाको ५ नम्बर प्रदेश प्रितनाका प्रितनापति सिताराम खड्का बताउंछन् ।

इतिहासकारहरुले पटक पटक जितगढीको वास्तबिक बिजय गाथा उजागर गरिरहंदा मौन बसिरेहको राज्यका अंगहरु अघिल्लो वर्ष देखि केहि तातेको छ । गढि किल्लाहरुको संरक्षणमा नेपाली सेनाले चासो देखाउन थालेपछि जितगढी किल्लाले पनि आफ्नो बिरताको गाथा सुनाउने अवसर पाएको छ ।

जितगढीलाई आजको अवस्था सम्म ल्याउनका लागि सुरुदेखि नै प्रयास गरिरहेका नागरिक अगुवाहरु पनि पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकारले जितगढीका बिषयमा उत्साहित बनेका छन् । जितगढीका बिषयमा लगातार लबिङ गरिरहेका नागरिक अगुवा तथा बटौली संरक्षण समितीका अध्यक्ष रबिन्द्रगोपाल लाकौल बर्षाैंको प्रयास सफल भएकोमा खुसी छन् ।

मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री बिजय उत्सवमा सहभागि हुनु आफैमा महत्वको बिषय बन्न पुगेको छ । त्यसो त जितगढीको बिषयमा उल्लेखित तथ्यांकमा इतिहासकारका बिच फरक फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा जितगढीको चर्चा सहितको सामाग्री भेटिएपछि मात्र जितगढीबारे नेपालमा बहस हुन थालेको थियो ।

सन् १८७१ मा सुरु भएको लडाई १८७२ अप्रिल २० अर्थात बैशाख ७ गते नेपाली सेनासंग हार खांदै जनरल उड नेतृत्वको कम्पनी फौज नेपाली फौजसंग हार खाएर भारत फर्केको थियो । त्यही मितिलाई आधार मानेर बैशाख ७ लाई बिजय उत्सव मान्ने बुटवल उपमहानगरपालिकाले गत वर्ष निर्णय गरेको थियो । पार्टी एकता तथा सरकारको महत्वपुर्ण कामलाई केहिबेर थाती राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको जितगढी यात्राले बिजय उत्सवको गरिमालाई अझै उच्च बनाएको छ । कर्णेल उजिर सिंह थापाको पुर्ण कदको सालिक अनावरण गर्दै किल्लामा राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका प्रधानमन्त्री ओलीले कर्णेल उजिर सिंह र नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् ।

बिश्व बिजेता अंग्रेजहरुलाइ धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथि नेपालका धरै शासकहरुले शासन गरिसकेका छन् । उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जीतगढी भनिएको इतिहांसकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group