ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारमा सभामुख महराले दिए लगानीका लागि आवेदन


admin
बैशाख ६, २०७६ शुक्रबार  १ : ०६ बजे

काठमाडौं,६बैशाख । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पहिलो पटक सेयर बजारमा लगानीका लागि आवेदन दिनु भएको छ ।

सभामुख महराले सरकारले शुभारम्भ गरेको जनताको जलविद्युत कार्यक्रम अन्तरगत शुक्रबार रसुवागडी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन भर्नु भएको हो ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका आयोेजित एक कार्यक्रममा उहाँले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिनु भयो ।

कार्यक्रममा सभामुख महराकी पत्नी सिता महराले पनि रसुवागढी जलविद्युत आयोजनाको १ लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिनु भएको थियो ।

त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले रसुवागढी जलविद्युत कम्पनीको एक लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत आयोजनाको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिनु भयो ।

मन्त्री पुनकी पत्नी पूर्व सभामुख ओनसरी घर्तीले पनि मन्त्री पुने बराबरनै सेयर खरिदका लागि दुवै जलविद्युत आयोजनामा आवेदन दिनु भएको छ । कार्यक्रममा बोल्दै सभामुख महराले जनताको जलविद्युत आयोजनामा जनताको लगानी गर्ने नयाँ कार्यक्रम सरकारले सुरु गरेकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाँले सो कार्यक्रममार्फत् आफू पहिलो पटक सेयर बजारमा प्रवेश गरेको पनि जानकारी दिनु भयो । सभामुख महराले जलविद्युत आयोजनाको सेयरमा जनताको लगानी सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा सेयर आवेदन गरी २० कित्ता सेयर प्राप्त गर्नु भएको थियो । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत २१ वटा जलविद्युत आयोजनाको छनौट गरी लगानीका लागि सर्वसाधारणमा समेत सेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com