ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतद्धारा ९० हजार नेपालीलाई सीपमुलक रोजगारी


admin

काठमाडौं,४ बैशाख । बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ ।

बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी गराएको हो ।

४ वर्ष भित्र ९० हजार बढि विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी सो कार्यक्रम संचालन गरिएको कार्यक्रमका उपप्रमुख प्रशन्न केसीले जानकारी दिनु भयो ।

कार्यक्रम प्रदेश दुईको धनुषा जिल्ला र प्रदेश ५ को वुटवल–भैरहवामा केन्द्रित हुनेछ । सबैभन्दा बढि विदेशिएका धनुषा जिल्ला नागरिकलाई त्यहीँ रोजगारीको अवसर सृजना हुने गरी र उद्योग धन्दाको सम्भावना बढि रहेकाले बुटवल–भैरहवामा सो कार्यक्रम केन्द्रित गरिएको पनि कार्यक्रमका उपप्रमुख केसीले बताउनु भयो ।

कार्यक्रम अनुसार विपन्न वर्गका नागरिकहरुलाई कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइनेछ ।

नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा संचालन हुने सो कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डिएफआईडीले व्यहोर्ने छ भने बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ । कार्यक्रमका उपप्रमुख केसीले विपन्न वर्ग भित्र पनि महिला र शारिरीक रुपमा अशक्त रहेकाहरुलाई पहिलो प्राथमिकता दिने पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com