ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण आयोजना


admin

काठमाडौँ, २४ असोज । नाफा मण्डलले ज्यापू दिवसको अवसर पारेर यही कात्तिक २५ गते ‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण काठमाडौँमा आयोजना गर्ने भएको छ ।

ज्यापू समुदायका वेशभूषा, संस्कृति तथा सभ्यतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।

ज्यापू समुदायका १७ देखि २४ वर्षसम्मका १९ किशोरीको सहभागिता रहने प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीले स्वदेशी उत्पादनबाट बनेका हाकु पटासी तथा तानबाट निर्माण गरिएका कपडाको प्रयोग गर्नेछन् ।

सहभागीलाई काठमाडौँ उपत्यकाका विभिन्न शहरका साथै कीर्तिपुर, मकवानपुरको टिस्टुङलगायत स्थानमा ज्यापू बस्तीको अवलोकन भ्रमण गराइनेछ । उनीहरुलाई नेवारी समुदायको रहनसहन, खानपिनका बारेमा पनि सिकाइनेछ ।

समुदायले परम्परागत रुपमा गर्दै आएको खेती तथा प्रविधिको विकाससँगै आधुनिक खेती प्रणालीमा आएको परिवर्तनबारे पनि सहभागीलाई जानकारी गराइने छ ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

नाफा मण्डलका सल्लाहकार तीर्थराम डंगोलले सो समुदाय परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा बसोबास गरी कृषि पेशामा संलग्न हुँदै आएको बताउँदै कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको भएपनि अहिले विभिन्न क्षेत्रबाट भएका अतिक्रमणले उनीहरुको संस्कृति तथा पहिचान नै संकटमा परेको अवस्थामा आयोजना गर्न लागिएको सो कार्यक्रमले ठूलो सन्देश फैलाउने बताउनुभयो ।

कार्यक्रमका संयोजक नयन्द्रराज डंगोलले सो समुदायको संस्कृति संरक्षणका लागि संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।

निःशुल्क धिमे, बाँसुरी, पश्चिमालगायत नेवारी बाजा सिकाउँदै आएको सो संस्थाले विष्णुमति सरसफाइका साथै ज्येष्ठ नागरिक तथा अनाथ बालबालिकालाई सहयोग जुटाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com