ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी नाकाबाट २० हजार पर्यटक


admin
बैशाख १, २०७६ आईतबार  १० : ४० बजे

रसुवा, १ वैशाख । नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् ।

फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने १५ महीनाको अवधिमा छ हजार ५८१ पुगेको छ । यसैगरी चीनको भूभागमा अवस्थित पवित्र तीर्थ मानसरोवर जाने तीर्थयात्रुले प्रयोग गर्ने मार्ग हुम्ला जिल्लाको हिल्सा अलावा उत्तरीमार्ग प्रयोग गरी हालसम्म सात हजार २४७ भारतीय यात्रु रसुवागढी नाका प्रयोग गरी मानसरोवर जाने तीर्थयात्रुको आगमन वैशाखबाट शुरु हुने अध्यागमन कार्यालयले जनाएको छ ।

विसं २०७४ भदौ १६ गतेबाट रसुवागढी नाका अन्तर्राष्ट्रियमार्गको रुपमा मान्यता पाएपछि पर्यटकको ओहोरदोहोर हुन थालेको बताउँदै अध्यागमन प्रमुख घर्तीले ओहोरदोहोर गर्ने पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अध्यागमन कार्यालयले सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सीमाक्षेत्रका बासिन्दाले नेपाल केरुङ ओहोरदोहोर गर्न पाउने स्थायी परिचयपत्र लिने रसुवावासीको सङ्ख्या चैत्र मसान्तसम्म १० हजार २३७ पुगेकोे बताइएको छ । चिनियाँबाहेक अन्य देशका पर्यटकबाट भिसा शुल्कवापत सन् २०१८ देखि हालसम्म रु ८६ लाख ६७ हजार ८८७ राजश्व जम्मा भएको छ ।

कार्यालयमा जानकारीको अभाव, उपयुक्त उपकरण र पूर्वाधारको उचित व्यवस्था हुन नसकेको भए पनि मौजुदा दुई कर्मचारीले सेवा दिइरहेको अध्यागमन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, काम गर्ने स्थान गहिरो खोच, हावा र सवारीसाधनले उडाउने धुलोले हुने असरलाई समेत कुनै प्रवाह नगरी सबैलाई निरन्तरता दिइएको प्रमुख घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com