ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ


एबीसी न्यूज

पोखरा, १ वैशाख । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने बताउँदै उहाँले पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो । मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको रुपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रदेश मन्त्रिपरिषद्ले सङ्घीय सरकारलाई सिफारिश गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले ११० नयाँ पर्यटकीय गन्तव्यको विकासमा जोड दिएको उल्लेख गर्दै उहाँले ग्रामीण क्षेत्रमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ ३०० घरबासको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी जेठ महीनासम्ममा लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थल सम्पन्न भई सञ्चालनमा आउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको समयअगावै सम्पन्न हुने र निजगढ विमानस्थल निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो । सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको बताउँदै उहाँले पर्यटनको क्षेत्रमार्पmत मुलुकको अर्थतन्त्रलाई स्वावलम्वन बनाउँदै स्वदेशमा १० लाख रोजगार सिर्जना गर्ने लक्ष्य रहेको छ ।

संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक पवित्रा निरौला खरेलले भ्रमण वर्ष समृद्ध नेपाल सुखी नेपाली अभियानको सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि साना तथा ठूलो निजी क्षेत्रलाई समेटेर अगाडि बढने बताउँदै भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रका सहयोग आवश्यक रहेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बसी भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारी गरिएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारी, नेपाल भ्रमण वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले भ्रमण वर्षको लक्ष्य प्राप्तिका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com