ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत गएका १६५ नेपाली मजदूर बेपत्ता


admin
चैत्र २९, २०७५ शुक्रबार  १ : ०५ बजे

डोटी, २९ चैत । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क सार्वजनिक गरेको हो । निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रमअन्तर्गत ती जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएकाको तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो त तीन जिल्लाको मात्रै तथ्याङ्क हो, अन्य सात जिल्लाको सङ्कलन गर्ने हो भने हजारौंँ बेपत्ता भएका हुन सक्छन् ।” हराएकाको खोजीका लागि स्थानीय प्रशासनमा उजूरी नपर्दा पनि यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको प्रमुख मडैले बताउनुभयो । रोजगारीका लागि स्थानीयवासी वर्षेनी भारत जाने तथा त्यहीँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेहरु बढ्न थालेका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाको बारेमा यकिन विवरण बुझ्ने काम भइरहेको बताउनुभयो । “निड्स नेपालले १६५ जना बेपत्ता भए भनेर सार्वजनिक गरेपछि, खास कुरो के हो भनेर हामीले पनि आफ्ना तर्फबाट बुझने काम गरेका छौँ”, उहाँले भन्नुभयो, “बेपत्ता भएकाको कारण र विवरण बुझेर खोजीमा लाग्नेछौँ ।”

कामका लागि भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरै वडाबाट पनि केही व्यक्ति लामो समयदेखि परिवारको सम्पर्कमा छैनन्, उनीहरुका परिवार आउँछन्, खोजी गर्न आग्रह गर्छन्, खोजी गर्नसकेका छैनौँ ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाका घरपरिवारले खोजी गर्नका लागि निवेदन दिने गरेको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक धामीले भन्नुभयो, “बेपत्ता भएकाको खोजीका लागि निवेदन त पर्ने गरेको छ तर भारतको कुन ठाउँबाट बेपत्ता भए सो कुराको जानकारी नहुँदा खोजीका लागि अप्ठेरो हुने गरेको छ ।”

भारतमा बेपत्ता भएको वर्षौँ बिति सक्दा समेत कुनै खबर नआउँदा यहाँका कतिपयले ती आउने कुरामा आश मारिसकेको जोरायल गाउँपालिका–५ की ठग्गा विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा श्रीमान् बेपत्ता भएको ३० वर्ष भइसक्यो, अब फर्केर आउलान् भनेर सपनामा पनि सोचेकी छैन ।” भारतका गएकाहरु कहाँ के भएर बेपत्ता हुन्छन् भन्ने कुरा कुनै पनि परिवार र संस्थासँग आधिकारिक जानकारी नहुँदा पनि खोजीमा समस्या हुने गरेको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com