ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा राय विजयी


admin
चैत्र २४, २०७५ आईतबार  ११ : ०० बजे

लहान, २४ चैत्र । नेपाल निर्माण व्यवसायी सङ्घ लहान सिरहाको अध्यक्षमा रासलाल राय विजयी हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षमा आफ्ना प्रतिद्वन्द्वीलाई ४२ मत अन्तरले पराजित गर्दै राय विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत परशुराम निरौलाका अनुसार अध्यक्ष पदमा विजयी हुनुभएका रायले १८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी मोहम्मद इस्लाम अलीले १३९ मत प्राप्त गर्नुभयो ।

यस्तै सङ्घको उपाध्यक्षमा गोपाल रायले १५८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अमरनाथ साहले १५५ मत ल्याउनुभयो । महासचिवमा नन्दकिशोर साह प्रतिद्वन्द्वी रामचन्द्र साहको १५३ का विरुद्ध १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको सचिवमा विमल अधिकारीले १७२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी जयप्रकाश साहले १३९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा श्यामकुमार महतोले १६१ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कमलप्रसाद यादवले १५१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो ।

सङ्घको सदस्यमा अशोकुमार यादव १७७ मत, जितेन्द्रकुमार यादव १७५ मत, कृष्णप्रसाद सिंह १६३ मत, दीपेन्द्रकुमार यादव १५९ मत, राजेश्वर साह १५५ मत, वीरेन्द्र यादव १५४ मत र प्रमोदकुमार सिंह १५१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । कूल ३३१ मतदाता रहेको सङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो शनिबार भएको मतदानमा ३१५ ले मत खसालेको निरौलाले बताउनुभयो ।

डा मण्डलद्वारा बाराका हावाहुरी पीडितलाई राहत बाराका हावाहुरी प्रभावित ३० परिवारलाई चिकित्सक डा टेकनारायण मण्डलले व्यक्तिगतरूपमा राहतस्वरुप त्रिपाल, झुल र साडीलगायतका समान वितरण गर्नुभएको छ ।

गत आइतबार आएको हावाहुरीबाट घरबारविहीन भएका बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरका पीडित परिवारलाई डा मण्डलले प्रतिपरिवार त्रिपाल, झुल, साडी, म्याटलगायतका समान एक÷एक थान वितरण गर्नुभयो ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष तथा वडाध्यक्षको उपस्थितिमा पीडित परिवारलाई करीब रु ५५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको डा मण्डलले बताउनुभयो । सप्तरीको राजविराज निवासी जनरल फिजिसियन डा मण्डलले राजविराजमा निजी क्लिनिक सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

बदलिएको कांग्रेसको “भावी सभापति गगन आफैं”

सम्बन्धित

यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठ)

सर्लाहीमा गोली लागेर एक बालक घाइते

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com