ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा मुम्बईको तेस्रो जित, अलजारीले लिए ६ विकेट


एबीसी न्यूज


काठमाडौं,२४ चैत । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

१३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७।४ ओभरमा ९६ रनमा अलआउट भयो ।

आईपीएलको जारी १२ औं संस्करणमा हैदरावादको टिम पहिलो पटक १०० रन बनाउन चुक्यो । उसले आफ्नो पहिलो खेलमा १८१, दोस्रो खेलमा २०१, तेस्रो खेलमा २३१ र चौथो खेलमा १३१ रन बनाएको थियो ।

हैदरावादका लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १ बलमा १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

मुम्बईका अलजारी जोसेफले ३।४ ओभरमा १२ रन दिएर ६ विकेट झारे । उनी म्यान अफ दि म्याच बने । आईपीएलमा कुनै पनि बलरको यो सर्वश्रेष्ठ प्रदर्शन हो । यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

अलजारीको आईपीएलमा यो डेब्यू खेल थियो । आईपीएलको डेब्यू म्याचमै पहिलो पटक ६ विकेट लिने खेलाडी पनि बनेका छन् अलजारी । यसअघि एन्ड्र्यू टायले डेब्यू म्याचमा ५ विकेट लिएका थिए । टायले सन् २०१७ मा १७ रन खर्चिएर ५ विकेट लिएका थिए ।
अलजारीका साथै मुम्बईका लागि राहुल चाहले २ तथा जेसन बेहरेनडर्फ र जसप्रित बुमराहले १(१ विकेट लिए ।

मुम्बईका लागि किरोन पोलार्ड हाइएस्ट स्कोरर बने । उनले २ चौका र ४ छक्काको मद्दतमा २६ बलमा अभिजित ४६ रन बनाए । कप्तान रोहित शर्माले १४ बलमा ११ रन बनाए । सूर्य कुमारले ८ बलमा ७ रन र डिककले १८ बलमा १९ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com