ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा मुम्बईको तेस्रो जित, अलजारीले लिए ६ विकेट


एबीसी न्यूज
चैत्र २४, २०७५ आईतबार  ७ : ०३ बजे


काठमाडौं,२४ चैत । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

१३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७।४ ओभरमा ९६ रनमा अलआउट भयो ।

आईपीएलको जारी १२ औं संस्करणमा हैदरावादको टिम पहिलो पटक १०० रन बनाउन चुक्यो । उसले आफ्नो पहिलो खेलमा १८१, दोस्रो खेलमा २०१, तेस्रो खेलमा २३१ र चौथो खेलमा १३१ रन बनाएको थियो ।

हैदरावादका लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १ बलमा १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

मुम्बईका अलजारी जोसेफले ३।४ ओभरमा १२ रन दिएर ६ विकेट झारे । उनी म्यान अफ दि म्याच बने । आईपीएलमा कुनै पनि बलरको यो सर्वश्रेष्ठ प्रदर्शन हो । यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

अलजारीको आईपीएलमा यो डेब्यू खेल थियो । आईपीएलको डेब्यू म्याचमै पहिलो पटक ६ विकेट लिने खेलाडी पनि बनेका छन् अलजारी । यसअघि एन्ड्र्यू टायले डेब्यू म्याचमा ५ विकेट लिएका थिए । टायले सन् २०१७ मा १७ रन खर्चिएर ५ विकेट लिएका थिए ।
अलजारीका साथै मुम्बईका लागि राहुल चाहले २ तथा जेसन बेहरेनडर्फ र जसप्रित बुमराहले १(१ विकेट लिए ।

मुम्बईका लागि किरोन पोलार्ड हाइएस्ट स्कोरर बने । उनले २ चौका र ४ छक्काको मद्दतमा २६ बलमा अभिजित ४६ रन बनाए । कप्तान रोहित शर्माले १४ बलमा ११ रन बनाए । सूर्य कुमारले ८ बलमा ७ रन र डिककले १८ बलमा १९ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com