ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकिएन रोहिङ्गाको कष्ट


admin
आश्विन २३, २०७४ सोमबार  १२ : ४६ बजे

ढाका, २३ असोज ।  म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ ।

यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।

उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ । सो क्रममा सोमबार मात्र पनि कम्तीमा १२ जना रोहिङ्गाको ज्यान गएको छ । सोही नदी तरेर पार गर्ने क्रममा नै उनीहरु मारिएका हुनसक्ने अनुमान गरिएको छ ।

आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ ।

बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ ।

सो नदी किनारमा गएको महिनादिन भन्दा लामो समयदेखि करिब पाँच लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा यहाँ बस्ने गरेका छन् ।

सोही शिवीरका शरणार्थी डुंगा चढेर अन्यत्र जाने क्रममा दुर्घटनामा परेका हुन् वा त्यहाँ आइरहेका बेला उनीहरु परेका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

गएको अगष्ट २५ देखि रोहिङ्गाको बाहुल्यता रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन् । त्यस समयदेखि आजसम्ममा ती समुदायका १०० जनाभन्दा बढीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

यसरी भागेर नदी तर्ने क्रममा कतिपय सो नदीले बगाएकोले शव भेटिएको छैन । उनीहरुले आआफ्नो घर बस्तीमा आगो लगाएर सेनाले लखेटेको बताएका छन् । तर म्यान्माली सरकार यो स्वीकार गर्दैन ।

उनीहरु आन्तरिक रुपमा विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था देशभित्र तथा बंगलादेशमा समेत दयनीय रहेको समाचार आइरहेका छन् ।

उनीहरुलाई बंगलादेशमा खान र बस्नका लागि आधारभूत आवश्यकताको अत्यन्तै कमी भएको भन्दै दाता समूह एवम् विश्व समुदायलाई बंगलादेशले आग्रह गरिरहेको छ ।

शरणार्थी शिविरमा हैजाको जोखिम कायमै 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेका शिवीरहरुमा हैजाको उच्च जोखिम अझै कायमै रहेको बताएको छ ।

म्यानमारबाट भागेर बंगलादेशमा आएका लाखौँ शरणार्थी बसेको सो शिवीरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले यसअघि नै गरेको थियो ।

तर अहिले पनि ती शिवीरमा स्वस्थ खानेपानीका साथै सरसफाइमा ध्यान नदिइएकोले हैजाको प्रकोप फैलिनसक्ने खतरा अहिले पनि उच्च नै रहेको बताइएश्को छ ।

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी आसपासमा शिवीर बनाएर बसेका लाखौँ शरणार्थीले बडो कष्टपूर्ण जीवनयापन गरिरहेका समाचारहरु पनि व्यापक मात्रामा आइ नै रहेका छन् ।

उनीहरुलाई ७० भन्दा बढी शिवीर बनाएर राखिएको छ । तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थानका साथै औषधोपचारको पनि उनीहरुलाई कमी छ ।

यसै कारणले उक्त शिवीरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको थियो । उक्त चेतावनीको करिब १५ दिनपछि पनि परिस्थितिमा खासै सुधार नआएकोले हैजाको उच्च जोखिम कायमै रहेको सो संगठनको भनाई छ ।

अहिले नै उनीहरुमा सफा खानेपानीको अभावका कारण पानीजन्य रोगको प्रकोप देखिएको छ । यसमा निगरानी राख्नुका साथै आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा छ– उक्त संगठनले भनेको छ ।

ती शिवीरलाई लक्ष्यगरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेश सरकारले पनि स्वास्थ्य सुविधाको सामान्य प्रबन्ध गरेको छ । तर ती प्रयासहरु पर्याप्त नभएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com