ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट उद्योग वाणिज्य संघ अध्यक्षमा खत्री निर्वाचित


admin
आश्विन २३, २०७४ सोमबार  १२ : २६ बजे

जाजरकोट, २३ असोज  ।  जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ ।

खत्रीले काँग्रेस र माओवादी (केन्द्र)का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएको हो । खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बन्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी बन्नुभयो । महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी हुनुभयो ।

त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी हुनुभएको छ । जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ ।

अपांग सदस्यमा यसअघिनै काँग्रेस(माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com