ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : विदेश मन्त्री पोम्पेओ


admin
चैत्र १३, २०७५ बुधबार  ११ : २० बजे

एजेन्सी,१३ चैत । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । 

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले उक्त भनाई राख्नुभएको हो । 

अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले यहाँको प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताउनुभएको हो । 

“भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागी नबस्ने पोम्पेओले फोनमा लाभरोभलाई भन्नुभएको छ, अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

भेनेजुयलाका ‘अवैधानिक’ राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन गोप्य रूपमा रूसी सैनिक अधिकारी भेनेजुयला प्रबेश गरेकोले यसबाट भेनेजुयलाका जनता जसले ‘अन्तरिम राष्ट्रपति’हुँवा गुएइदोलाई समर्थन दिएका छन्,लाई खतरा बढेको छ, पोम्पेओले भन्नुभयो । 

गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाउनुभएको छ । अमेरिकी प्रतिस्पर्धी मुलुकहरू चीन र रूसले भेनेजुयलाको मदुरो सरकारलाई आर्थिक तथा राजनीतिक सहयोग प्रदान गर्दै आएका छन् । 

पोम्पेओले रूसलाई ‘गैर–रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह गर्दैआएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com