ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीमा नयाँ प्रविधिले सफाइ गरिने


admin

काठमाडौ,२ चैत ।  नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ । 

यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा शुद्ध पानी बगाउने उद्देश्यले विसं २०५१ देखि नै अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरी काम गरे पनि आशातीत सफलता हासिल हुन सकेको छैन । 

कोषले अधिकार सम्पन्न वाग्मती समितिसँग समेत सहकार्य गरेर पशुपति क्षेत्रमा नयाँ प्रविधि उपयोग गर्न लागेको हो । 
नयाँ प्रविधिको उपयोग गरी यो क्षेत्रको वाग्मतीमा पानीको बहाव पनि बढाइनेछ । पशुपति क्षेत्रमा शौचालयको फोहर त्यहीँ सफाइ गरी पानीमात्र बाहिर निकाल्ने गरी प्रविधि जडान गर्न लागिएको हो । सम्भाव्यता अध्ययन समूहले कति क्षेत्रमा यो प्रविधिले काम गर्छ भनी प्रतिवेदन कोषलाई बुझाएपछि काम शुरु हुने कोषले जनाएको छ । 

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु गर्दाको पहिलो लक्ष्य पशुपतिसम्मको नदीलाई स्नानयोग्य बनाउने थियो । अभियानका क्रममा कहिले नदी सफा हुने र माथिल्लो भागमा ढल लगायत फोहर मिसाउँदा फेरि दुर्गन्धित भई माछा समेत बाँच्न नसक्ने भइरहेको छ । 

उपत्यकाबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । 

वाग्मती सफाइ महाअभियानको ३०५ औँ हप्तामा पशुपति क्षेत्रस्थित राममन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, सफाइ अभियानकर्मी लगायत ५५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । 

गुह्येश्वरीमाथिको नदी सफाइको २६६ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २६० हप्तामा रातोपुल–डिल्लीबजार–कमलपोखरीसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । 

विष्णुमती सफाइको २३२ औँ हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको बीच सुमार्ग पुलबाट मनोहर तीर्थसम्मको क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनु 
भयो । सफाइमा वडाध्यक्ष अमृत थापा लगायत जनप्रतिनिधि, तीनवटै सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी २०० भन्दा बढीको सक्रियता थियो । 

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११५ औँ हप्ताको सफाइ गरियो । ११५ भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 

चक्रपथ सफाइ अभियानको १०१ औँ हप्तामा बसुन्धराबाट कान्ति बाल अस्पतालसम्म सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालिलगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

आलोकनगर सफाइको १०१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा प्लाष्टिक सडकमा नफालौँ भन्नेलगायत विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो । 
कार्यक्रममा पूर्वसचिव किशोर थापा, महानगरपालिका–३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, अधिकार सम्पन्न वाग्मतीको आयोजना प्रमुख आशीष घिमिरेलगायतले नदी सफाइमा स्थानीयवासी सक्रिय हुनुर्नेमा जोड दिनुभयो । 

चक्रपथ बाफलखण्ड सफाइको ८३ औँ हप्तामा कलङ्कीबाट सीतापाइला चोकसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । 
सफाइ महाभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोसरुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन । वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com