ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई जिल्ला जोड्ने सडकको काम तीव्र गतिमा


admin
चैत्र २, २०७५ शनिबार  १२ : ०३ बजे


अमरगढी, २ चैत । डडेल्धुरा जिल्लामा दुई जिल्ला जोड्ने झण्डै आधा दर्जन सडकको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढ्दैै छ । 

डडेल्धुरा जिल्लाबाट विभिन्न जिल्ला जोड्ने गरी सडकखण्डको अगाडि बढिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । डडेल्धुरा जिल्लाबाट कञ्चनपुर जिल्ला जोड्ने दैजी जोगबुडा बुडर सडक ६५ किलोमिटर र ब्रह्मदेव जोगबुडा गोगन सलौन चिक्रीटे घटाल सडक, डडेल्धुरादेखि बैतडी जोड्ने उग्रतारा मेलौली सडक ४५किमि, ८५किमि, बुडर नाइल सडक ४५किमि, डोटी डडेल्धुरा जोड्ने भत्काडा बडाल रेल उच्चाकोट ६६किमि, डडेल्धुरा र बैतडी जोड्ने अनाखोली भुलकुँडा देवल ३५ किमि सडकको निर्माण कार्य अगाडि बढिरहेको डिभिजन सडक कुलपाते डोटीका डिभिजन प्रमुख दलिराज मल्लले बताउनुभयो । 

यस्तै दैजी जोगबुडा बुडर सडकखण्डको पूर्णरुपमा गत वर्ष नै ट्रयाक खोल्ने काम सम्पन्न भर्ई २२ किलोमिटरको कालोपत्रे कामको बोलपत्र भई राजेन्द्र निर्माण कम्पनी प्रालि धनगढीले काम शुरु गरिसको छ । 

डडेल्धुरा र बैतडी जोड्ने उग्रतारा मेलौली सडकले पनि आठ किलोमिटरको कालोपत्रेको काम अमरगढी बढाएको छ । आनारखोली भल्कुडा देवल सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको र डडेल्धुरा र डोटी जोड्ने भत्काडा बडाल रेल उच्चाकोट सडकको सात किलोमिटरको कालोपत्रे काम शुरु भएको प्रमुख मल्लले बताउनुभयो । 

यस्तै बह्मदेव जोगबुडा गोगन सलौन चिरकिट्टे घटाल आइत सडकको आठ किलोमिटरको काम सम्पन्न भएको सडक डिभिजन कुलपाते डोटीका डिभिजन प्रमुख मल्लले जानकारी दिनुभयो । यी सडकको काम क्रमागतमा सञ्चालन हुने भएकाले प्रक्रियामा अगाडि बढ्ने डिभिजन प्रमुख मल्लले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com