ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियार र हिंसाको राजनिती नेपालीले खेप्न सक्दैन : कांग्रेस नेता खांड


admin
चैत्र २, २०७५ शनिबार  ११ : ३७ बजे


बुटवल,२ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांडले मुलुकको अखण्डता र सार्वभौमसत्ताका सम्बन्धमा जनमत संग्रह हुन नसक्ने बताउनुभएको छ ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खांडले राष्ट्रिय राजनितीको मुलधारमा नरहेका शक्तिलाई मुलधारमा ल्याउने सरकारको कदम सकारात्मक भएको बताउनु भयो ।

उहांले सहमती गर्ने सरकार र सहमतीमा आउने शक्तिको फरक फरक धारणा आउंदा आशंका उत्पन्न भएको स्पष्ट पार्नुभयो । सहमतीका बुंदाहरुका बिपरित सिके राउत समुहले देखाएको गतिबिधी आपत्तीजनक रहेको उहांको भनाई छ ।

कांग्रेस संसदिय दलका सचेतक समेत रहेका नेता खांडले हतियार र हिंसाको राजनिती नेपालीले खेप्न नसक्ने बताउंदै बिप्लप समुहलाई हिंसाको बाटो छाडेर जनताको मतबाट राजनिती गर्न आग्रह गर्नुभयो ।

उहांले मुलधारमा नआएका राजनितिक धारहरुका लागि सरकारले सधैं बार्ताको ढोका खोलि रहनु पर्ने भन्दै कुनैपनि शक्तिले हिंसात्मक राजनिती छाड्नै पर्ने बताउनु भयो । कांग्रेस संसदिय पद्धतीमा बिश्वास गर्ने पार्टी भएको भन्दै कांग्रेसको संसदिय भुमिका बलियो बनाउनेमा पार्टी केन्द्रित रहेको बताउनु भयो । सडक र अराजक खालको आन्दोलनमा कांग्रेसको बाटो नभएको उहांको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com