ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष


admin
चैत्र २, २०७५ शनिबार  ११ : २२ बजे

रुपन्देही, २ चैत ।  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।

यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउनका लागि प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको घोषणा गरेको थियो । 

वैशाखको बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी भ्रमण वर्षको आरम्भ हुने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई समेटेर विभिन्न कार्यक्रम गरिने छ । 

भ्रमण वषर््ाका क्रममा मायादेवी प्रसुतिमार्ग घोषणा एवं प्रसुति उत्सव गर्ने कार्यक्रम छ । यस्तै लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, मायादेवी मन्दिर परिषरमा दैनिक दिप प्रज्वलन, मासिक ‘फुल मुन डे’ उत्सव, धार्मिक यात्रा÷त्रिपिटक बाचन, पूजाआज योग तथा ध्यान शिविर, सडक प्रदर्शनीको आयोजना गरिने छ । 

बुद्धबारेको सडक प्रदर्शनी बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन, साहित्य प्रतियोगिता आयोजना गरिने छ । यसैगरी विश्वशान्ति सुमधुर साँझ, पर्यटक गाइड तथा स्वयमसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गर्ने योजना बनाइएको छ ।

भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातवटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा रहेको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गरिने कार्यक्रम छ । 

कार्यक्रमका लागि पर्यटन मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट व्यवस्थापन गरेको जनाएको छ । पर्यटन मन्त्रालयले प्रस्ताव गरेको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय छ । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले छुट्याइएको बजेटमध्ये रु दुई करोड २७ लाख ९० हजार चालू आर्थिक वर्षमै खर्च हुने बताउनुभयो । 

प्रदेश ५ को समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । लुम्बिनी भ्रमण वर्षले अन्तर्राष्ट्रय जगतमा लुम्बिनीको प्रचारप्रसार हुने र र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ । 

बुद्ध जन्मस्थल र बुद्ध पथसँग सम्बन्धित क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउन थालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताउनुभयो । मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि प्रचारप्रसारमा महत्वपूर्ण साबित हुने बताउनुभयो । 

लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पु¥याउने सचिव पौडेलको विश्वास छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको मन्त्री लिला गिरीले बताउनुभयो । 

भ्रमण वर्ष सफल बनाउन मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति गठन गर्ने तयारी गरिएको छ । पर्यटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरको थियो । वैशाख पूर्णिमाबाट आरम्भ हुने भ्रमण वर्ष चैत्र पूर्णिमामा समापन हुनेछ । 

विश्वशान्तिको प्रतीक लुम्बिनीमा लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका ८७ देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनीमा सरदर वार्षिक १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आउँछन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com