ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषकलाई अनुदान उपलब्ध गराउने सरकारको तयारी


admin
चैत्र १, २०७५ शुक्रबार  ५ : ३५ बजे


काठमाडौं,१ चैत । सरकारले बैंकमार्फत् कृषकहरुलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत् वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो ।

शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले बैंकमार्फत् कृषकहरुको हातमा अनुदानको रकम वितरण गर्नका लागि ‘किसान कल्याण परियोजना’ संचालन गर्ने योजना पनि अघि सार्नु भयो ।

मन्त्री खनालले मलको अभाव हुन नदिन कृषकहरुलाई ‘सोयल हेल्थ कार्ड’ वितरण गर्न उपयुक्त हुने धारणा पनि समितिमा राख्नु भयो । सो कार्डको आधारमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्ने मन्त्री खनालको भनाई छ ।

मन्त्री खनालले सरकारले रसायनिक मलको विकल्पमा जैविक मल उत्पादनमा जोड दिने नीति लिएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले जैविक मलको उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

समितिका सदस्य महेश बस्नेतले सहरको फोहोर व्यवस्थापन हुने गरी जैविक मल उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिनु भएको थियो । उहाँले जैविक खेती गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कारणबारे पनि समितिमा चर्चा गर्नु भएको थियो ।

समितिका सदस्यहरुले मलको अभाव हुन नदिन सरकारलाई आवश्यक योजना बनाउन पनि सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com