
काठमाडौं,१चैत । काठमाडौमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ ।
सधैं बजे खुलेर ५ बजे बन्द हुने कार्यालय आज आज चैत्र १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ । आइतबार देखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिनु भयो ।
थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गर्नु भयो । यस्तै विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ ।
राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्